site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘महाअभियुक्त’ चोलेन्द्रलाई जोगाउने पत्र रोक्न अन्तरिम आदेश माग 
फाइल तस्बिर ।

काठमाडौं । संविधानविद् टिकाराम भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरणमा छानबिन रोक्न ‘महाअभियुक्त’ चोलेन्द्रशमशेर जबरालाई ‘क्लिन चिट’ दिन खोजिएको जिकिर गरेका छन् ।

संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले गएको बुधबार जबराविरुद्धको महाअभियोग प्रस्ताव ‘निस्प्रभावी’ भएको भन्दै पत्र थमाएका थिए । त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।

महाअभियोग प्रस्ताव विधेयक वा सामान्य प्रस्तावजस्तो नभएको भन्दै उनले त्यस किसिमले निष्क्रिय नहुने बताए । “चोलेन्द्रशमेशरलाई भ्रष्टाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अनधिकृत आर्जनमा सम्पत्ति शुद्धीकरणमा हुने छानबिन रोक्न उनलाई क्लिन चिट दिएर पठाउने षड्यन्त्र भइरहेको छ,” शुक्रबार भट्टराईले बहसका क्रममा भने, “संसद्को कार्यकाल सकिएसँगै निष्क्रिय हुने विधेयकको परिभाषमा महाअभियोग पर्दैन ।”

उनले निश्चित पार्टीका नेताले सरकार गठनमा अनुकूल वातावरण निर्माणका लागि संसद्का महासचिवलाई प्रभावित पारेको आरोप समेत लगाए ।

उनले गलत व्यक्तिलाई सफाइ दिएर राजनीतिक र अरू स्वार्थ पूरा गर्नका लागि सो पत्र पठाइएको जिकिर गरे । पत्र तत्काल अन्तरिम आदेशबाट खारेज गर्न माग गरे ।

उनले जबराले अनधिकृत व्यक्तिसँग पत्र मागेको र संसद्का महासचिवले क्षेत्राधिकारबाहिर गएर पत्र पठाएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro