site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
यस्तो छ सत्ताको अंकगणित– ‘अफर’मा छन् साना दल !
Sarbottam CementSarbottam Cement

काठमाडौं । मंसिर ४ गते सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम मंगलबार साँझसम्म सार्वजनिक भइसकेको छ । 

निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएर आयोगले आफ्नो वेबसाइटमा मतसहितको विवरण राखेको छ । 

“आयोगको वेबसाइटमा राखिएको मत नै अन्तिम मत हो । केही जिल्लामा कतै छुटपुट भेटिए भने छुट्टै कुरा हो । एक करोड ५ लाख ६० हजार ६७ मत नै कुल मत हो,” उनले बाह्रखरीसँग भने । 

Prabhu Bank
Agni Group
NIC Asia

आयोगको अन्तिम परिणामअनुसार सात दलले कुल सदर मतको ३ प्रतिशत कटाएका छन् ।  थ्रेसहोल्ड कटाउन आवश्यक ३ लाख १६ हजार ८०२ मत कटाउन सात दल सफल भएका छन् । 

निर्वाचन प्रकृयामा भाग लिएका दलहरूमध्ये समानुपातिकतर्फ नेकपा(एमाले) पहिलो दल बनेको छ ।  उसले समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ मत एमालेले पाएको आयोगले जनाएको छ । यस्तै दोस्रो दल बनेको २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ । 

Global Ime bank

अयोगका अनुसार ११ लाख ७५ हजार ६८४ मत सहित माओवादी केन्द्र माओवादी तेस्रो बन्दा चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी बन्यो । 

उसले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत पाउँदौ पाँचौ दल तथा ४ लाख २१ हजार ३१३ मत प्राप्त गरेको जनता समाजवादी पार्टी नेपाल छैटौँ दल बनेको छ । 

राष्ट्रिय दल बनेको सातौ दल जनमत पार्टीले ३ लाख ९४ हजार ५६६ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।

समानुपातिक सूची सार्वजनिक भएसँगै सत्ता समिकरण मिलाउन दलहरुलाई सहज भएको छ ।  ५७ सिट प्रत्यक्षमा जितेको नेपाली कांग्रेस र ४४ सिट जितेको नेकपा एमालेलाई सत्ता समीकरण मिलाउने बाटो खुलेको हो । 

निर्वाचन अयोगको तथ्यांक अनुसार लगभग ८९ सिट सहित कांग्रेस पहिलो दल र करिव ७८ सिटसहित नेकपा एमाले दोस्रो दल बनेको छ । 

यी दुई दलमध्ये एक सत्ता पक्ष र एक प्रतिपक्षमा बस्ने निश्चित छ । 

उनीहरुले तेस्रो दल माओवादी, चौथो राष्ट्रिय स्वतन्त्र पार्टी, पाँचौ दल राप्रपा छैटौ दल जनमत पार्टीसँग मिलेर सत्ता समीकरणलाई पूर्णता दिनुपर्ने हुन्छ । 

साथै १० सिट प्रत्यक्षमा जितेको नेकपा(एकिकृत समाजवादी) पार्टीको पनि अंकगणित सरकार बनाउन महत्वपूर्ण छ । 

निर्वाचन परिणाम आउँदा नआउँदै सरकार बनाउने प्रयासमा नेपाली कांग्रेस र माओवादी केन्द्रले गृहकार्य थालेका छन् । 

कांग्रेससहित नेकपा माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोसपाले गठबन्धन गरेर चुनाव लडेका थिए । 

कांग्रेस र माओवादीले मिलेर सरकार बनाउने भनेपनि कसको नेतृत्वमा बनाउने भने यकिन भने भइसकेको छैन । 

मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले वर्तमान गठबन्धनकै नेतृत्वमा सरकार बनाउने निर्णय गरे पनि कसको नेतृत्त्वमा भागबण्डा गरेर कसरी सरकार बनाउने भन्ने टुंगो भने गठबन्धनभित्र भइसकेको छैन । 

नेकपा एमालेले भने सरकार बनाउने विषमया आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन । 

एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकार बनाउने विषयमा एमाले परिस्थिति हेरिरहेको र हेरिरहने प्रतिकृया दिएका छन् ।

२०७२ सालमा जारी भएको नेपालको संविधानको धारा ७६ मा सरकार बनाउने स्पष्ट व्यवस्थालाई उल्लेख गरिएको छ । 

७६ (१) अनुसार सरकार बनाउन कुनै पनि दलको बहुमत भए उक्त दलले सक्ने व्यवस्था उल्लेख गरिएको छ । 

अर्को धारामा भने कुनै पनि दलको स्पष्ट बहुमत नभए गठबन्धन गरेर सरकार बनाउन सकिने व्यवस्थाको विषयमा उल्लेख गरिएको छ ।

मंसिर ४ को चुनावबाट कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेन । गठबन्धन गरेर चुनाव लडेका दलहरुसँग पनि बहुमत छैन ।

कांग्रेस, माओवादी गठबन्धनले पनि १३२ सिट मात्र पाएका छन् ।  जसमा नेकपा एसको १० र राष्ट्रिय जनमोर्चासँग १ सिटमात्र छ । 

त्यसकारण सरकार बनाउन सत्ता गठबन्धन बाहेक अन्य दलले पनि सहयोग गर्नुपर्ने देखिन्छ । संसद्मा ५ जना स्वतन्त्र सांसद छन् ।

लोसपा सत्तामा जाने, जसपा प्रस्ताव कुर्दै !

दलहरुले भनेजस्तै अहिलेकै ४ दलको सत्ता गठबन्धनले निरन्तरता पाए ६ सिट सरकार बनाउन आवश्यक पर्छ । 

निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध भएर चुनावी गठबन्धन गरेको दल लोकतान्त्रिक समाजवादी पार्टीसँग चार सिट छ । 

तर, लोसपा राष्ट्रिय पार्टी भने बन्न सकेन । महन्थ ठाकुर नेतृत्त्वको लोसपालाई सत्ता गठबन्धनको अनौपचारिक प्रस्ताव गएको नेताहरु बताउँछन् । 

लोसपा नेता शरतसिंह भण्डारी लोसपा सत्ता गठबन्धनकै दल भएको बताउँछन् । उनी नेपाली कांग्रेसको नेतृत्त्वमा सरकार बन्नुपर्ने भन्दै लोसपा सरकारमा जाने तयारीमा रहेको बताउँछन् । 

“हिजो अन्तिम समयमा आएर हामी गठबन्धनमा प्रवेश गरेपछि सरकारमा जान सकेनौं । अहिले हामी गठबन्धनकै एउटा घटक भएको कारणले गठबन्धनकै नेतृत्वमा सरकार बनोस् भन्ने मान्यता हो,” भण्डारीले बाह्रखरीसँग भने, “नेपाली कांग्रेसको नेतृत्वमा सराकार बनोस् र त्यसमा हामी सहभागि जान्छौं । हामी सरकारमा आउँछौं भनिसकेका छौं ।”

संसद्को छैटौं पार्टी बन्ने निश्चित भएको जनता समाजवादी पार्टीले भने सत्तामा जाने वा बाहिर बस्ने निर्णय गरिसकेको छैन । 

उपेन्द्र यादवले नेतृत्त्व गरेको जसपा स्थानीय तह निर्वाचन पश्चात् पनि सत्ता गठबन्धनमै थियो । तर, संघ र प्रदेशको चुनावमा भने एमालेसँग गठबन्धन गरेको जसपा यसपटक १२ सिटमा खुम्चिएको छ । 

स्वयम् पार्टी अध्यक्ष यादवलेनै चुनाव हार्नुपर्यो । केही दिन अघि गृहनगर विराटनगमार पत्रकार सम्मेलन गर्दै पार्टी अध्यक्ष यादवले एमालेसँगको सहकार्य तोडिएको घोषणा गरेका थिए । 

यादवको घोषणालाई हेर्दा जसपा सत्ताको पर्खाइमा रहेको बुझ्न कठिन छैन । 

पार्टी प्रवक्ता मनिष सुमन अनौपचारिक च्यानलबाट सत्ताका लागि ‘अफर’ आइरहेको स्वीकार गर्छन् । तर, अहिलेको सत्ता गठबन्धन वा एमाले कताबाट अफर आएको भन्ने प्रश्नमा भने उनले जवाफ खुलाउन चाहेनन् । 

“अनौपचारिक प्रस्तावहरु सबैतिरबाट आएको छ । शीर्ष तहमा भने प्रस्ताव आइसकेको छैन,” उनले भने, “कुन दलबाट आएको भन्ने चाहिँ खुलाउन सकिँदैन । यति बुझ्नुस् शीर्ष तहमा औपचारिक प्रस्ताव आएपछि मात्र केही भन्न सकिन्छ ।”

प्रवक्ता सुमन जनताले प्रतिपक्षमा बस्ने ‘म्यान्डेट’ दिएको भन्दै सत्तामा जाने विषयमा अहिले निर्णयमा पुगिनसकेको उल्लेख गर्छन् । सत्तामै जानुपरे पनि आफ्ना एजेन्डाको विषय सुरुमै ‘डिल’ गर्ने भनाई उनको छ । 

“किसानलाई मलखादको विषय, संविधान संशोधन, खर्चिलो निर्वाचन प्रणालीलगायत हाम्रा एजेन्डाको सम्बोधन हुन्छ भने सत्तामा जान हामी तयार हुन्छौँ,” उनले बाह्रखरीसँग भने, “तर पहिले औपचारिक प्रस्ताव आउनुपर्यो । अनि छलफल सुरु हुन्छ ।”

के हो रास्वपा र राप्रपाको लाइन ? सीके के गर्छन् ? 

मंसिर ४ को चुनावबाट उदाएको दल हो राष्ट्रिय स्वतन्त्र पार्टी ।

रवि लामिछानेको नेतृत्त्वको पार्टीले प्रत्यक्ष र समानुपातिक गरेर २० सिट जित्ने निश्चित छ । यो संसदको चौथो पार्टी बन्दैछ । ७ सिट प्रत्यक्षमा जितेको रास्वपाले १३ सिट समानुपातिक तर्फ हासिल गरेको छ ।

संसद्को चौथो ठूलो दल भए पनि उसले सत्ताको विषमया आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन । 

सो पार्टीका प्रवक्ता डा. मुकुल ढकाल दलको एजेन्डा मन्त्रालयभन्दा पनि आफूहरुले जनतासँग गरेको बाचा प्राथमिकता भएको उल्लेख गर्छन् । 

सरकारमा जाने विषयमा पार्टीले धारणा बनाइनसकेको भन्दै उनी अहिले दलका नेताहरु भेट्दा परिचयात्मक कार्यक्रम मात्र भइरहेको बताए ।

“हामी नयाँ शक्ति हौँ । दलका नेताहरूसँग भेट्दा परिचय गर्ने र हाम्रा एजेन्डा राख्ने काम भइरहेको छ,” उनले भने, “हाम्रो अहिले मन्त्रालयभन्दा पनि एजेन्डा प्राथमिकतामा छ । भ्रष्टाचारको पुराना फाइल खोल्नुपर्ने, शिक्षा स्वास्थ्यलगायत सुशासनको प्रत्याभुति गरेमात्र सरकारको विषयमा हामी कुरा गर्छौैँ । हालसम्म औपचारिक प्रस्ताव आइसकेको छैन ।”

संसदमा प्रत्यक्षतर्फ ७ र समानुपातिकबाट ७ गरेर १४ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकार बनाउन निर्णायक देख्रिन्छ । 

महामन्त्री भुवन पाठक राप्रपा सरकारमा नजाने बताउँछन् । 

आफूहरुलाई सत्ताको अफर आए पनि प्रतिपक्षमा बसेर आफ्ना एजेन्डा स्थापित गर्ने उनको भनाई छ । 

“राप्रपा सरकारमा जाँदैन । हामी प्रतिपक्षमा बसेर हाम्रा एजेन्डा स्थापित गर्छौँ,” उनले भने, “अफरहरु अध्यक्षज्यूलाई नआएको हैन । अब, सत्ता भनेर एजेन्डामा हामी सौदावाजी गर्न सक्दैनौं । जनताले दिएको म्यान्डेट पुरा गर्छौँ ।”

उपेन्द्र यादवलाई हराएर चुनाव जितेका सिके राउतले प्रत्यक्षमा एक सिट मात्र जिते पनि समानुपातिकमा थप पाँच सिट पाएका छन् ।

उनीसँग ६ सिट छ । उनले सत्ता गठबन्धनलाई साथ दिए सरकार बन्न गाह्रो छैन ।  राउत दिन प्रतिदिन सबै दलका नेताहरुसँगको संवादमा छन् । 

उनले सत्ता गठबन्धनमा रहेर सरकारमा जान लागि परेको दाबी गठबन्धन घटकका कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत गर्छन् । 

तर, राउतले केही बोलेका छैनन् । उनको ६ सिट निर्णायक बन्ने निश्चित छ । 

यस्तो छ दलहरुको अन्तिम अंकगणित 

बुधबार निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । 

जसमा एमाले समानुपातिकतर्फमात्रै ३४ सिटसहित पहिलो दल बनेको छ ।  प्रत्यक्षतर्फ ४४ सिट जितेको एमाले समग्रमा भने दोस्रो दल बन्यो । उसले ७८ सिट आफूले जितेको छ । 

समानुपातिक र प्रत्यक्ष गरेर कांग्रेस पहिलो दल बन्यो । यो निर्वाचनबाट वाम शक्तिसँग मिलेर कांग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ सिट जित्यो । 

अर्थात् ८९ सिटसहित पहिलो दल बनेको छ । तेस्रो बनेको दल नेकपा(माओवादी केन्द्र) सँग ३२ सिट छ ।  यस्तै, २० सिट सहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो, राप्रपा १४ सिटसहित पाँचौँ, १२ सिटसहित जसपा छैटौं दल बनेको छ । 

प्रत्यक्षमा १ र समानुपातिकमा पाँच सिट जितेर नागरिक उन्मुक्ति पार्टी सातौं दल बनेको छ ।  यी सात दल राष्ट्रिय पार्टी बनेका छन् । 

प्रत्यक्षमा १० सिट जितेको नेकपा(एस) सातौं दल बनेको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३ सिट र नेमकिपाले १ सिट जितेको छ । 

राष्ट्रिय जनमोर्चाले पनि १ सिट जित्दा ५ जना स्वतन्त्र सांसद विजयी भएका छन् । सत्ता गठबन्धनमा रहेका दलहरु बाहेक स्वतन्त्र उमेदवार मिल्ने हो भने पनि सरकार बन्न सक्छ । 

गठबन्धनमा रहेकाबाहेक दलहरु एक जुट भए १४३ सांसदसहितको एमाले सरकार बन्ने अवस्था छ ।  सत्ता गठबन्धन मात्र मिल्ने हो भने १३२ सिट पुग्छ । यसमा लोसपा थपिँदा ४ सिट बढेको छ ।

यसमा गठबन्धनलाई सरकार बनाउन कुनै दल वा २ स्वतन्त्र सांसदले साथ दिनुपर्ने हुन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १०:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC