site stats
बाह्रखरी :: Baahrakhari
कला
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
सिर्जनाको संरक्षण र सम्वर्द्धन गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कला, संस्कृतिको सम्वर्द्धनबाट आर्थिक, सामाजिक विकासमा योगदान पुर्‍याउनका लागि प्रतिबद्ध हुन आवश्यक रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्दै उनले कला, संस्कृतिको सम्वर्द्धनबाट आर्थिक, सामाजिक विकासमा योगदान पुर्‍याउन प्रतिबद्ध हुनुपर्ने बताएका हुन् ।

Dabur nepal
Agni Group

उनले नेपालको प्राचीन वस्तु तथा मूर्तिकला, चित्रकला र संगीत एवं नाट्य स्वदेशमा मात्र नभई विदेशमा पनि उत्तिकै प्रसिद्ध र लोकप्रिय रहेको उल्लेख गरे । कला र संस्कृतिको सिर्जनाको संरक्षण र सम्वर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।

प्रधानमन्त्री देउवाले कला, संस्कृति र सम्पदाको संरक्षणबाट भावी पुस्ताले पनि फाइदा उठाउन सक्ने भएकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति कान्छाकुमार (केके) कर्माचार्यले नयाँ, पुराना कलाकृतिको संरक्षण गर्दै मुलुकलाई विश्वसामु चिनाउनुपर्ने धारणा राखे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu