site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्वाचन क्षेत्रको समृद्धिका लागि काम गर्छु : मन्त्री कार्की     
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका सुनसरी क्षेत्र नम्बर–४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले अबका दिनमा आफ्नो निर्वाचन क्षेत्रको समृद्धिका लागि काम गर्ने बताएका छन् ।

बिहीबार सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित भएसँगै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अबका दिनमा सुनसरी–४ को समृद्धिका लागि काम गर्ने बताए । आफूले यस क्षेत्रमा विगतमा गरेको कामको आधारमा मतदाताले जिताएको भन्दै उनले अबको कार्यकालमा अझै बढी काम गर्ने उल्लेख गरे ।

“जुन विश्वासका साथ मलाई निर्वाचित गर्नुभएको छ, त्यो विश्वासलाई म अरू अभिवृद्धि गरेर लिएर जान्छु । र, उहाँहरूको विश्वासलाई म घात गर्ने छैन । यहाँका आदरणीय दिदीबहिनी, दाजुभाइहरू जसले मलाई दोस्रोपटक निर्वाचित गर्नुभएको छ, उहाँहरूसँग पनि म प्रत्यक्ष संवाद गरेर भएका समस्याहरूलाई निराकरण गर्दै यो क्षेत्रको समृद्धि र सम्मानका निमित्त म काम गर्छु,” उनले भने, “मैले धेरै कामहरू यो क्षेत्रमा गरेको छु । त्यसैको आधारमा मलाई विजय गराउनुभएको छ । म पाँच वर्षको कार्यकालमा अरू बढी कामहरू म गर्नेछु ।”

मन्त्री कार्की ३० हजार ४८३ मतका साथ सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे । मन्त्री कार्कीले कुसियैतलाई ११२ मतान्तरले पराजित गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro