site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीलंका र भारतको नाटकको मञ्चन गर्दै नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा छैटौं दिन

काठमाडाैं । भारत र श्रीलंकाको दुई नाटक, नाटकको पुस्तक विमोचन र सांगीतिक प्रस्तुतिसहित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) छैटौं दिनको कार्यक्रम आयोजना हुँदै छ ।

इटालीको नाटक इभान हास्टिङ निर्देशित नाटक ‘स्याडो लिवेरेसन’को बुधबार दुई मञ्चन हुँदै छ । छाया नाटक र कचहरी नाटकको मिश्रित शैलीमा तयार पारिएको सहभागितामूलक यस नाटकमा यौन उत्पीडनको रोकथामको सन्दर्भलाई विषय बनाएको छ । नाटकले आघातबारे अन्तरक्रियामा आधारित अभ्यासहरुको उपयोग गर्दै छाया माध्यमद्वारा नाट्य थेरापीको प्रयास समेत गर्दछ ।

‘स्याडो लिवेरेसन’ दिउँसो २ र साँझ ६ बजे मण्डला स्टुडियोमा मञ्चन हुँदै छ । दिउँसो २ बजे मण्डला नाटकघरमा श्रीलंकाको नाटक ‘राजा मन वहला’ मञ्चन हुँदै छ । 

‘राजा म दास हुँ’ भन्ने अर्थ लाग्ने नाटकमा एक दास, राजा, राजकुमार अनि प्रेमथिका नाम गरेको एउटा होनहार केटा नाटकमा एक दास, राजा, राजकुमार अनि प्रेमथिका नाम गरेको एउटा केटाले तीन फरक कथाहरु सुनाउँछन् । जब  सबै पात्रहरुले आफ्नो नियतीको पर्दाफास गर्छन् र अन्त्यमा दर्शकहरुले यी तीन मध्य श्रेष्ठ नायक को थियो भनेर छान्नुपर्नेछ ।

महोत्सवमा बुधबार मध्याह्न १२ बजे नारायण वाग्लेको उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’को विमोचन हुँदै छ । सुरज सुवेदीले नाट्य रुपान्तरण गरेको सो नाटक केही महिनाअघि मण्डला नाटकघरमा मञ्चन पनि भएको थियो । विमोचन लगत्तै ‘नाटकमा शब्दको आकृतिः कस्तो देखिन्छ, कस्तो लेखिन्छ ?’ शीर्षकमा प्यानल डिसकसन हुनेछ । जसमा साहित्यकारहरु नयनराज पाण्डे, उपेन्द्र सुब्बा, रङ्गकर्मीहरु विमल सुवेदी, दीया मास्केसँग र लेखक, पत्रकार बसन्त बस्नेतले वार्ता गर्ने आयाेजकले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । 

‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ भइरहेको महोत्सवमा छैटौं दिनको अन्तिम कार्यक्रममा कलाकारहरु हुम बिसी र माधव त्रिपाठीले नेपाली लोकबाजाको सांगितिक प्रस्तुति दिनेछन् ।

तस्बिर : रिजन परियार/निटफेस्ट

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  ११:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro