site stats
बाह्रखरी :: Baahrakhari
खेल
विश्वकपमा रोनाल्डोको कीर्तिमान 

काठमाडौं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत बिहीबार समूह चरणको पहिलो खेलमा घानाविरुद्ध गोल गरेसँगै पोर्चुगलका कप्तान क्रिस्टियानो विश्वकपको पाँच संस्करणमा गोल गर्ने एकमात्र खेलाडी बनेका छन् । 

घानाविरुद्ध खेलको ६५ औँ मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै गोल गरेसँगै ३७ वर्षीय रोनाल्डोले विश्वकपको पाँच फरक संस्करणमा गोल गर्ने एकमात्र खेलाडीको कीर्तिमान बनाए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सन् २००६ देखि विश्वकप खेल्दै आएका रोनाल्डोले विश्वकपको उक्त संस्करणमा एक, २०१० र २०१४ को विश्वकप संस्करणमा पनि समान एक गोल गरेका थिए ।

रोनाल्डोले २०१८ को संस्करणमा भने चार गोल गरेका थिए ।


 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:३६
प्रतिक्रिया दिनुहोस्