1660827985.jpg)
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकताबारे प्रश्न उठाउँदै दायर भएको उजुरीमा निर्णय गर्नुनपर्ने निष्कर्ष निकालेको छ । रविको स्पष्टीकरण निर्वाचनको नतिजा आइसकेपछि मात्रै आयोगमा पेस भएकाले निर्णय नगर्ने आयोगको निष्कर्ष छ ।
“ऐनले नतिजा आउनु अघि मात्रै आयोगमा पेस हुन सक्छ भनेको छ । नतिजा नै आएपछि आयोगको दायरामा रहेन । अब आयोगले निर्णय गरिरहुनुपरेन,” आयोगका पदाधिकारी भन्छन् ।
तर, रविको योग्यताबारेको प्रश्न भने नसकिने ती पदाधिकारी बताउँछन् ।
“योग्यताको प्रश्न चाहिँ सकिँदैन । कोही मान्छे अदालतमा जान सक्छ । आयोगमा पेस गर्न सात दिनको समय हुन्छ । परिणाम प्राप्त भएपछि निर्णय आयोगमा पेस भएकाले अब हामीले निर्णय गर्दैनौँ,” ती पदाधिकारीले भने ।
रविले अमेरिकाको नागरिकता त्यागेपछि नेपाली नागरिकताका लागि प्रक्रिया अघि नबढाएको भन्दै उमेदवारी खारेजीको माग गरेर उजुरी परेको थियो । आयोगले उनलाई सात दिनभित्र स्पष्पटीकरण पेस गर्न पत्र पठाएको थियो ।
लामिछानेले मत परिणाम सार्वजनिक हुन थालेपछि स्पष्टीकरण दिएका थिए । आयोगका सचिवले आयोगको आजको बैठकमा प्रस्तुत गर्न लाग्दा नै परिणाम आइसकेको ती पदाधिकारीको भनाइ छ ।