
काठमाडौं । चार महादेशका चार बलिया राष्ट्र रहेका कारण यो समूह ‘एच’ लाई यो विश्वकपको ‘ग्रुप अफ डेथ’ को रुपमा चित्रण गरिएको छ ।
विश्वकपको पछिल्लो संस्करणमा तत्कालिन साविक विजेता जर्मनलाई हराएको दक्षिण कोरिया फुटबलका सदाबहार दाबेदार मानिने जुनसुकै टिमलाई हराएने क्षमता राख्छ । दक्षिण कोरिया विश्वकपको एसियाली छनोटको दोस्रो स्थानमा रहँदै विश्वकपका लागि छानिएको थियो । पछिल्लो पटक २०१० विश्वकपमा अन्तिम १६ सम्मको यात्रा तय गरेको दक्षिण कोरिया यसपटक भने यो लामो ‘ग्याप’ तोड्न चाहन्छ ।
यो समूहमा उरुग्वेलाई दोस्रो चरणमा पुग्ने दुई टोलीमध्ये धेरै सम्भावना भएको एक टिमको रुपमा हेरिएको छ । फरवार्ड लाइनमा स्वारेज, काभानी, नुनेजसँगै मिडफिल्डमा फेडेरिको भाल्भर्डे र रक्षापंक्तिमा रोनाल्ड अराउहोको उपस्थितीले उरुग्वेको टिमलाई बलियो बनाएको छ ।
सन् २०१६ को युरोपियन च्याम्पियनसिप विजेता पोर्चुगललाई समूहबाट नकआउट पुग्ने अर्को प्रवल टिमको रुपमा लिइएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘अन्डर डग’ को रुपमा रहने पोर्चुगलको यो टिममा पनि फुटबलमा ठूला भनिएका जुनसुकै टिमलाई हराउने क्षमता छ ।
अफ्रिकी ‘जायन्ट किलर’ घानालाई यो समूहबाट अप्रत्यासित नतिजा निकाल्न सक्ने टिमको रुपमा चित्रण गरिएको छ । सन् २०१० मा अप्रत्यासित रुपमा क्वार्टरफाइनलसम्म पुगेको घानाले यसपटक पनि त्यस्तै खाले नतिजा निकाले त्यसलाई आश्चर्य मान्नुपर्ने देखिदैन् ।

समूह ‘एच’
उरुग्वे
फिफा वरीयताः १४
विश्वकपमा सहभागिताः १४ पटक (१९३०, १९५०, १९५४, १९६२, १९६६, १९७०, १९७४, १९८६, १९९०, २००२, २०१०, २०१४, २०१८, २०२२)
उत्कृष्ट नतिजाः विजेता (१९३०, १९५०)
खेलः
मंसिर ८, बिहीबार, उरुग्वेविरुद्ध दक्षिण कोरिया
मंसिर १२, सोमबार, उरुग्वेविरुद्ध पोर्चुगल
मंसिर १६, शुक्रबार, उरुग्वेविरुद्ध घाना
सन् १९३० मा पहिलो विश्वकपको उपाधि जितेको उरुग्वले त्यसपछि दुई संस्करणमा सहभागिता जनाएको थिएन । तर, ब्राजिलमा भएको १९५० को विश्वकपमा पुनः सहभागिता जनाएको उरुग्वेले त्यो संस्करणको पनि उपाधि जितेको थियो ।
पछिल्लो समय भने विश्वकपमा उरुग्वेका प्रदर्शन खास सम्झनलायक बन्न सकेको छैन । फिफाले ओलिम्पक कमिटिसँग मिलेर आयोजना गरेको १९२४ र १९२८ को ओलम्पिकमा फुटबलको उपाधि जितेको थियो । त्यसैकारण उरुग्वे आफ्नो जर्सीमा चार तारा लगाउँछ । र, यसलाई फिफाले मान्यता पनि दिएको छ ।
यसपटक उरुग्वे तुलनात्मक रुपमा प्रतिस्पर्धात्मक समूहमा छ । उरुग्वे क्रिष्टिायानो रोनाल्डोको टिम पोर्चुगल, एसियाली पावर हाउस दक्षिण कोरिया, अफ्रिकी टिम घानासँगै समूह ‘एच’मा छ । जसलाई प्रतियोगिताको ‘ग्रुप अफ डेथ’ को रुपमा पनि चित्रण गरिएको छ ।
रियाल मड्रिडका मिडफिल्डर फेडेरिको भाल्भार्डे उरुग्वेका महत्वपूर्ण खेलाडी हुन् । लिभरपुलका फरवार्ड डार्विन नुनेज उरुग्वेबाट आशा गरिएका अर्का महत्वपूर्ण खेलाडी हुन् । लुइस स्वारेज, एडिसन काभानीजस्ता अनुभवी खेलाडीसँगै उरुग्वे डियागो अलोन्सोको प्रशिक्षणमा छ ।
लिभरपुल र बार्सिलोनाका पूर्व खेलाडी स्वारेज उरुग्वेको उच्च गोलकर्ता समेत हुन् । उनले हालसम्म ६८ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
उरुग्वेको टिमः
गोलकिपरः सर्जियो रोचेट, फर्नान्डो मुस्लेरा, सेबास्टियन सोसा
रक्षापंक्तिः डिएगो गोडिन्म जोसेमा गिमेनेज, रोनाल्ड अराउहो, सेबास्टियन कोएटस, मार्टिन कासेरस, मथियस ओलिभेरा, माटियस भिना, गुयर्मो भरेला, जस लुइस रोड्रिगेज
मिडफिल्डरः म्यानुयल उगार्टो, फेडेरिको भाल्भर्डे, रोड्रिगो बेन्टान्कुर, माटियस भेसिनो, लुकास टोरेइरा, निको डे ला क्रुज, जर्जियन डे अरास्केटा
फरवार्डः लुइस स्वारेज, एडिन्सन काभानी, डार्विन नुनेज, म्याक्सी गोमेज, फाकुन्डो पेलिस्ट्री, अगस्टिन कानाबियो, फाकुन्डो टोरेस
दक्षिण कोरिया
फिफा वरीयता– २८
विश्वकपमा सहभागिता– ११ (सन् १९५४, १९८६, १९९०, १९९४, १९९८, २००२, २००६, २०१०, २०१४, २०१८, २०२२)
उत्कृष्ट नतिजाः चौथो स्थान (२००२)
खेलः
मंसिर ८ बिहीबार, उरुग्वेविरुद्ध दक्षिण कोरिया
मंसिर १२ सोमबार, दक्षिण कोरियाविरुद्ध घाना
मंसिर १६ शुक्रबार, दक्षिण कोरियाविरुद्ध पोर्चुगल
सन् २००२ को विश्वकपको सहआयोजक बन्दा दक्षिण कोरियाले सनसनीपूर्ण सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । कतारमा ११औं विश्वकप खेल्नुअघि दक्षिण कोरियाको यो नै अहिलेसम्मको उत्कृष्ट नतिजा हो ।
त्यसयता २०१० को विश्वकपमा अन्तिम–१६ सम्म पुगेको दक्षिण कोरियाले बाँकी संस्करणमा भने समूह चरण पार गर्न सकेको छैन । कोरियाले पहिलो पटक सन् १९५४ मा विश्वकप खेलेको थियो । त्यसको ३२ वर्षपछि दोस्रो विश्वकप खेलेको दक्षिण कोरिया त्यसपछि भने लगातार विश्वकपको १० संस्करणमा छनोट भएको छ ।
सन् २०१२ को ओलम्पिकमा कास्य पदक जितेको कोरियाले युवा टिमको त्यो प्रदर्शनलाई सिनियर टिममा ल्याउन सकेको छैन । तर, २०१८ को विश्वकपमा समूह चरणमा जर्मनीलाई हराउँदै कोरियाले फेरी एकपटक विश्व फुटबल तताएको थियो ।
पाउलो बेन्टोको प्रशिक्षणमा रहेको कोरिया यो विश्वकपमा पनि ‘जायन्ट किलर’ को छविलाई कायम राख्ने लक्ष्यमा हुनेछ । विश्वकपको समूह ‘एच’मा रहेको कोरियाले उरुग्वे, घाना र पोर्चुगलजस्ता बलियो टिमसँग खेल्दैछ ।
विश्वकपअघि टोलीको महत्वपूर्ण खेलाडी सन ह्युङ मिन घाइते हुनुले दक्षिण कोरियाको टिमका लागि ठूलो टाउको दुखाई बनेको छ । दक्षिण कोरियाबाट १०४ खेल खेलेका सनले ३५ गोल गरेका छन् । अट्याकिङ मिडफिल्डर जेओङ वु येओङ दक्षिण कोरियाबाट खेलमा प्रभाव पार्न सक्ने अर्का महत्वपूर्ण खेलाडी हुन् ।
दक्षिण कोरियाको टिमः
गोलकिपरः किम सेउङ ग्यु (सल सबाब), जो हेइओन वु (उल्सान ह्युन्डाइ), सङ बुम केयुन (जेअनबक मोटोर्स)
रक्षापंक्तिः किम मिन जाइ (नापोली), किम जिन सु (जेअनबक मोटोर्स), हङ चुल (डाइगु एफसी), किम मुन ह्वान (जेअनबक मोटोर्स), युन जङ ग्यु (एफसी सियोल), किम योङ ग्वोन (उल्सान ह्युन्डाइ), किम टाइ ह्वान (उल्सान ह्युन्डाइ), क्वोन युङ वन (गाम्बा ओसाका), चो यु मिन (डाइजोन सिटीजन)
मिडफिल्डः जङ वु यङ (अल साद), ना साङ हो (एफसी सियोल), पाइक सेयुङ हो (जेअनबक मोटोर्स), सन जुन हो (सादोङ टाइसन), सङ मिन क्यु (जेअनबक मोटोर्स), क्वोन चाङ हुन (गिम्चेओन सङ्मु), लि जाइ सुङ (माइन्ज), ह्वाङ हि चान (वुल्भरह्याम्टन), ह्वाङ इन बेओम (ओलपिकोस), जेओङ वु येओङ (फ्रेइबर्ग), लि काङ इन (रियाल मायोर्का)
फरवार्डः ह्वाङ युई जो (ओलपिकोस), चो गुइ सुङ (जेअनबक मोटोर्स), सन ह्युङ मिन (टोटनहम)
पोर्चुगल
फिफा वरीयताः ९
विश्वकपमा सहभागिताः ८ पटक (१९६६, १९८६, २००२, २००६, २०१०, २०१४, २०१८, २०२२)
उत्कृष्ट नतिजाः तेस्रो स्थान (१९६६)
खेलः
मंसिर ८, बिहीबार– पोर्चुगलविरुद्ध घाना
मंसिर १२, सोमबार– पोर्चुगलविरुद्ध उरुग्वे
मंसिर १६, शुक्रबार– पोर्चुगलविरुद्ध दक्षिण कोरिया
सन् २०१६ को युरोपियन च्याम्पियनसिप र २०१९ को युईएफए नेसन्स लिगको उपाधि जितेको पोर्चुगल विश्व फुटबलका जुनसुकै महारथीलाई हराउँने क्षमता राख्छ । सन् १९६६ मा इङ्ल्यान्डमा सम्पन्न विश्वकपमा पहिलोपटक सहभागिता जनाएको पोर्चुगलले पहिलो सहभागिता मै तेस्रो स्थान हासिल गरेको थियो ।
त्यो नै पोर्चुगलको विश्वकपमा अहिलेसम्मकै उत्कृष्ट नतिजा हो । त्यसयता पोर्चुगल सन् २००६ को विश्वकपमा सेमिफाइनल खेलेको थियो । पोर्चुगलले त्यसबाहेक खेलेका पाँच विश्वकपमा क्वार्टरफाइनलसम्म पनि पुग्न सकेको छैन ।
पोर्चुगल पछिल्लो आठ वर्षदेखि फर्नान्डो सान्तोषको प्रशिक्षणमा छ । उनैको प्रशिक्षणमा पोर्चुगलले पहिलो पटक पोर्चुगलले २०१६ मा युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । यो नै फुटबलमा पोर्चुगलको पहिलो अन्तर्राष्ट्रिय उपाधि थियो । विश्व फुटबलमा बेग्लै छवि बनाएका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल यसपाली विश्वकपको समूह ‘एच’ मा छ ।
सम्भवतः रोनाल्डोको यो अन्तिम विश्वकप भएकाले पनि पोर्चुगल यसलाई विशेष बनाउँने लक्ष्यमा हुनेछ । रोनाल्डो नै टिमका महत्वपूर्ण खेलाडी हुन् । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा रहेका रोनाल्डोले हालसम्म पोर्चुगलबाट १९१ खेलमा ११७ गोल गरिसकेका छन् ।
जायो माउटिन्हो र ड्यान्हिालेसँगै ब्रुनो फर्नान्डेज, बर्नान्र्डो सिल्भा र जाओ कान्सेलोजस्ता अनुभवीसँगै रुवेन डियास, जाओ फेलिक्स र भिटिन्हाजस्ता युवा खेलाडीले पोर्चुगल तुलनात्मक रुपमा यसपटक बलियो देखिन्छ ।
पोर्चुगलको टिमः
गोलकिपरः डिएगो कोस्टा (पोर्टो), रुई प्याट्रिसियो (एएस रोमा), जोसे सा (उल्भरह्याप्टन)
रक्षापंक्तिः जोओ क्यान्सेलो (म्यानचेस्टर सिटी), डिएगो डालोट (म्यानचेस्टर युनाइटेड), रुबेन डियास (म्यानचेस्टर सिटी), राफेल गुरेइरो (बोरुसिया डर्टमन्ड), नुनो मेन्डेस (पीएसजी), पेपे (पोर्टो), ड्यानिलो परेरा (पीएसजी), एन्टोनियो सिल्भा (बेनफिका)
मिडफिल्डः विलियम कार्भाल्हो (रियाल बेटिस), ब्रुनो फर्नान्डेज (म्यानचेस्टर युनाइटेड), जोओ मारियो (बेनफिका), रुबेन नेभेस (उल्भरह्याम्प्टन), म्याथियस नुनेस (उल्भरह्याम्प्टन), ओटाभियो (पोर्टो), जोओ पालहिन्हा (फुलहम), बर्नान्र्डो सिल्भा (म्यानचेस्टर सिटी), भिटिन्हा (पीएसजी)
फरवार्डः जोओ फेलिक्स (एट्लेटिको म्याड्रिड), रिकार्डो होर्टा (एससी ब्रागा), राफेल लिओ (एसी मिलान), गोन्कालो रामोस (बेन्फिका), क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड), आन्द्रे सिल्भा (आरबी लाइपजिग)
घाना
फिफा वरीयताः ६१
विश्वकपमा सहभागिताः ४ (सन् २००६, २०१०, २०१४, २०२२)
खेलः
मंसिर ८, बिहीबार– घानाविरुद्ध पोर्चुगल
मंसिर १२, सोमबार– घानाविरुद्ध दक्षिण कोरिया
मंसिर १६, शुक्रबार– घानाविरुद्ध उरुग्वे
दक्षिण अफ्रिकामा भएको सन् २०१० विश्वकपमा सनसनीपूर्ण क्वार्टरफाइनलसम्मको यात्रा तय गरेपछि घानाले विश्व फुटबलमा बेग्लै पहिचान पाएको थियो ।
जर्मनीमा सन् २००६ मा विश्वकपमा पहिलो पटक खेलेको घानाले फुटबलमा ‘डार्क हर्स’ को पहिचान बनाएको छ ।
कतार विश्वकपको समूह ‘एच’मा रहेको घानाले पोर्चुगल, उरुग्वे र दक्षिण कोरियाविरुद्ध खेल्नेछ । सन् २०१० मा क्वार्टरफाइनलमा उरुग्वेसँगको त्यो निराशजनक हारको बदला लिने सुनौलो अवसर छ, घानासँग ।
अन्तिम आठको त्यो खेलमा घानाका खेलाडीले गरेको प्रहार गोललाईनबाट उरुग्वेका स्ट्राइकर लुइस स्वारेजले गोलकिपरजस्तै हातले रोकेपछि घाना ऐतिहासिक सेमिफाइनल यात्राबाट चुकेको थियो । उक्त प्रहार रोकेपछि घानाले पेनाल्टी पाए पनि त्यो माथिल्लो बारमा लागेर फर्किएको थियो । खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा उरुग्वेले ४–२ ले नजिता आफ्नो पक्षमा पार्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।
२००६ देखि विश्वकपको लगातार तीन संस्करण खेलेको घाना २०१८ को संस्करण छनोट हुन भने असफल भएको थियो । घाना अफ्रिकाबाट विश्वकपमा क्वार्टरफाइनल यात्रा तय गर्ने तेस्रो राष्ट्र हो । घानाअघि क्यामरुन र सेनेगलले मात्रै विश्वकपको क्वार्टरफाइनल खेलेका थिए । यी तीन टिमबाहेक हालसम्म कुनै अफ्रिकन टिमले विश्वकपको दोस्रो चरण पार गर्न सकेका छैनन् ।
यसपटक विश्वकपमा ओट्टो अड्डोको प्रशिक्षणमा रहेको घानाका मिडफिल्डर एन्ड्रयु अयु महत्वपूर्ण खेलाडी हुन् । मार्से र वेस्ट ह्यामजस्ता क्लबबाट खेल्दै युरोपियन फुटबलको अनुभव बटुलिसकेका उनी हाल कतारी क्लब अल सादबाट खेल्छन् । आयाक्सबाट व्यावसायिक फुटबल खेल्ने मिडफिल्डर मोहम्मद कुदुस विश्वकपमा घानाबाट प्रभाव पार्न सक्ने अर्का खेलाडी हुन् ।
घानाको टोलीः
गोलकिपरः मनफ नुरुदिन (युपेन), इब्राहिम डानल्यान्ढ (अस्टेट कोटोको), लरेन्स एटी–जिगी (सेन्ट ग्यालेन)
रक्षांक्ति : लरिक लाम्पटे (ब्राइटन), डेनिस ओडियो (क्लब बर्ग), मोहम्मद सलिसु (साउथह्याम्पटन), जिडेओन मेनसाह (बोर्डेएक्स), जेसेफ आइडु (सेल्टा भिगो), बाबा रहमान (रिडिङ), ड्यानियल अमार्टेय (लेस्टर सिटी), एलेक्जडर जिकु (स्ट्रासबर्ग), अलिदु सेइडु (क्लेरमोन्ट)
मिडफिल्डः थोमस पार्टी (आर्सनल), एलिस ओवुसु (जेन्ट), ड्यानियल–कोफी किरेह (फ्रेइबर्ग), एन्ड्रयु अयु (अल साद), मोहम्मद कुडुस (आयाक्स), सालिस अब्दुल समाद (लेन्स),
फरवार्डः अब्दुल इसाहाकु (स्पोर्टिङ), जोर्डन अयु (क्रिस्टल प्यालेस), ओस्मान बुकारी (रेड स्टार बेलग्रेड), इनाकी विलियम्स (एथ्लेटिक बिल्बाओ), कमलदिन सुलेमाना (रेनेस), एन्टोनी सेमेन्यो (ब्रिस्टल सिटी), ड्यानियल अफ्रियी (हार्ट अफ ओएक), कमल सोवाह (क्लब बर्ग)