site stats
बाह्रखरी :: Baahrakhari
देश
चोरीमा संलग्न १५ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले चोरीमा संलग्न १५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसरले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौं जिल्लामा चोरी डकैतीका दुई घटनामा संलग्न गिरोहका १५ जनालाई सार्वजनिक गरेको हो । 

कात्तिक २८ गते काठमाडौं महानगरपालिका, ३ वसुन्धरास्थित मधुरविक्रम खनालको घरमा चोरी गरी भागेका १० जनालाई प्रहरीले पक्राउ गरेको वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनीहरुरूलाई प्रहरीले कात्तिक ३० गते दोलखा र उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको उनले बताए । 

काठमाडौं महानगरपालिका, १८ नरदेवीस्थित एक सुन पसलबाट सुनका गहना लुटेर भाग्ने ५ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । कात्तिक २९ गते गहना लुटेर भाग्ने उनीहरूलाई प्रहरीले मंसिर ७ गते पक्राउ गरेको हो । 

उनीहरूलाई चोरी तथा डाका सम्बन्धी कसुर मुद्दामा प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १६:३५
प्रतिक्रिया दिनुहोस्