site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माधव नेपालले भने– निर्वाचनमा अपेक्षा गरेभन्दा फरक नतिजा आयो 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा अपेक्षा गरेभन्दा फरक नतिजा आएको बताएका छन् । रौतहटको निर्वाचन क्ष््रोत्र नं. १ बाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग अध्यक्ष नेपालले निर्वाचनमा आफूले सोचेको भन्दा कम नतिजा आएको बताए । उनले नतिजाले शिक्षा दिएको पनि बताए । 

उनले आगामी दिनमा निर्वाचनको परिणामको मूल्याङन गर्दै भएका कमिकमजोरी सुधार गर्दै अघि बढ्ने बताए । अब कसको सरकार बन्छ भनेर अहिले नै भन्न नसकिने भन्दै समयको माग अनुसार बन्न सक्ने उनको भनाइ छ । 

जनताले आफूलाई इमान्दारिता र निष्ठापूर्वक नै हेरेकाले जनताको विश्वासलाई पूरा गर्ने उनको दाबी छ । 

अध्यक्ष नेपालले ३३ हजार ५२२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार ९२२ मत प्राप्त गरेका थिए । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro