site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्वाधिक कर तिर्नेमा विजयबहादुर शाह, संस्थामा नेपाल टेलिकम, बैंकमा नबिल
Tiktok banner adTiktok banner ad

काठमाडौं । आर्थिक वर्ष २०७७र७८ मा व्यक्तिगत आयतर्फ विजयकुमार शाह व्यक्तिगततर्फ सबैभन्दा धेरै आयकर तिर्ने करदाता बनेका छन् । जावलाखेल डिस्टिलरीका अध्यक्ष शाह कर दिवस समापनका अवसरमा बुधबार आयोजित कार्यक्रममा सर्वोत्कृष्ट करदाताका रुपमा सम्मानित भएका छन् ।

शाह जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष हुन्। यो समूह अन्तर्गत जावलाखेल डिष्टिलरी, हिमालयन डिष्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिष्टिलरीलगायतका कम्पनी छ।

यी कम्पनीले गोल्डेन ओक, ब्ल्याक ओक, रुस्लान भोड्का, ब्लु डाइमण्ड जिन, बडवाइजर वियर, वार्सटाइनर वियरलगायतका मदिरा उत्पादन गर्छ । शाह २०७७ सालमा पनि व्यक्तिगततर्फ धेरै कर तिरेर सम्मानित भएका थिए।

आन्तरिक राजस्व विभागले सूर्य नेपाल प्रालिलाई सबैभन्दा धेरै कर बुझाउने कम्पनीका रुपमा सम्मान गरेको छ । नेपाल टेलिकम सबैभन्दा धेरै आयकर बुझाउने कम्पनी बनेको छ । शिवशक्ति घ्युबाट निर्यात कारोबारबाट धेरै कर तिर्ने कम्पनी बनेको छ । राजेश मेटल प्रालि विशेष उद्योग शीर्षकको आयकरदाताका रुपमा सम्मानित भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro