site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
रुपन्देही-४ 'क'मा लोसपाका कन्हैया बनिया विजयी
Argakhachi Cement Island Ad

बुटवल । प्रदेशसभातर्फ रुपन्देही-४ (क) मा लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनिया विजयी भएका छन् ।

कुल ३५ हजार ५७७ मत खसेकोमा बनियाले १५ हजार १३७ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल (बब्लु)ले ९ हजार २५३ मत पाएका छन् ।

यस्तै, नेपाली कांग्रेसका अष्टभुजा पाठलले ८ हजार २७ मत पाएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  २२:०६
प्रतिक्रिया दिनुहोस्