कला
सिद्धार्थ श्रेष्ठ बने नेपालको पहिलो ‘रियलमी सुपर डान्सर’
1669115563.jpeg)
काठमाडौं । ‘सुपर डान्सर नेपाल’को पहिलो सिजनको उपाधि सिद्धार्थ श्रेष्ठको समूह टिम ‘सिड्मिङ’ले जितेको छ ।
सिद्धार्थ र उनका डान्स कोरियोग्राफर मिङ्मा डी लेप्चाले उपाधि जितेका हुन् ।
विजयी भएसँगै सिद्धार्थले १५ लाख रुपैयाँ नगद, रियलमी जीटी नियो ३ स्मार्टफोन र अन्य पुरस्कार पनि जितेका छन् । उनका गुरु मिङ्मा डी लेप्चाले पनि नगद ५ लाख रुपैयाँ पुरस्कार रकम प्राप्त गरेका छन ।
यस रियालिटी शोबाट धेरै बालबालिकाहरुको अत्यन्तै उत्कृष्ट नृत्य कला देख्न पाएको भन्दै खुसी लागेको रियलमी नेपालका कन्ट्री डिरेक्टर मुनिश गिरीले बताए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ १६:५२
प्रतिक्रिया दिनुहोस्