site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सेयर बजारमा सुरुवाती उत्साह टिकेन, नेप्से परिसूचक ७.१३ अंकले घट्यो
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सेयर बजारमा सुरुवाती समयमा देखिएको उत्साह नटिकेका कारण नेप्से परिसूचक ७.१३ अंकले घटेको छ । बजार खुलेको १५ मिनेटमा १९६० बिन्दुसम्म नेप्से परिसूचक पुगे पनि त्यो उत्साह लामो समय टिकेन ।

कारोबार बन्द हुने बेला नेप्से परिसूचक ७.१३ अंकले घटेर बन्द भएको छ । बजारमा लगानीकर्ताको अनुमान निर्वाचनपछि पहिलो दिन खुलेको सेयर बजार बढ्छ भन्ने थियो । सोही अनुसार सुरुवाती समयमा बजारले बढ्ने संकेत देखाएको थियो । तर, लगानीकर्ता बजारप्रति आस्वस्त नभएकाले हरियाली लामो समय टिक्न सकेन । 

मंगलबार ५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको सेयर मूल्य घटेको छ । एक अर्ब ३५ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १५:५७
प्रतिक्रिया दिनुहोस्