site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

निर्वाचनको प्रारम्भिक नतिजाले नै सायद अन्तिम परिणामको सङ्केत गरिसकेको छ । अहिले देखिएकै सङ्केतका आधारमा भन्नुपर्ने हुन्छ ( जनताले व्यवस्था होइन अवस्था फेर्ने आदेश दिए ।
 
निर्वाचनमा ठूला भनिएका दलका शीर्ष नेतालाई जनताले सुध्रिने पनि चेतावनी दिए । लोकतन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा भाग लिएकै भरमा सधैँ सत्ताको नेतृत्व सुम्पन जनता तयार हुँदा रहेनछन् ।
 
सत्तारुढ गठबन्धन र प्रमुख विपक्षी दलका प्रमुख नेताहरू मतगणनामा अग्रस्थानमै छन् । तर, तिनको नेतृत्वप्रति मतदाताले व्यक्त गरेको वितृष्णा नयाँ दलहरूले पाएको मतमा प्रकट भएको छ ।
 
मतदाताले त स्थानीय तहको चुनावमै यथास्थितिप्रति असन्तुष्टि प्रकट गरिसकेका थिए । तर, ठूला दलका नेताले जनसन्देशलाई अवज्ञा गरे । सम्भवतः त्यही अवज्ञा अहिले महँगो  परेको हो ।
 
मूलतः प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्ष र समानुपातिकतर्फका उमेदवारको छनोटमा दलका नेताहरूले अपनाएको तजबिजी शैली र नातावाद, कृपावादलाई जनताले रुचाएनन् । फलस्वरूप ठूला पार्टीहरूलाई समानुपातिकमा पनि कम मत दिए ।
 
समानुपातिकको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेस नेकपा ९एमाले०भन्दा पछि पर्नुको मूल कारण उमेदवारप्रतिको वितृष्णा नै हो । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणकी पत्नीको नाम समानुपातिक सूचीमा राखेको कांग्रेसकै कार्यकर्ताले नरुचाएको देखियो ।
 
अपेक्षाकृत युवा उमेदवार भएका धेरै ठाउँमा जनताले कांग्रेस र एमालेकै पक्षमा मत दिएको देखियो । बदनाम अनुहारहरूलाई थोपर्न खोज्दा भने कार्यकर्ताले समेत विद्रोह गरे । नेताहरूले अबको राजनीति फरक हुन्छ भन्ने बुझे भने तिनकै भलो हुनेछ ।
 
यसपटकको निर्वाचनमा सहरका मतदाताले नेकपा ९माओवादी केन्द्र०लाई स्वीकार गरेनन् । सम्भवतः २०६४ को निर्वाचनमा जिताउँदा माओवादीले सरकारमा रहँदा र सरकार बाहिर हुँदा मच्चाएको वितण्डाका लागि सहरवासीले अझै क्षमा दिएका रहेनछन् ।
 
आगामी प्रतिनिधि सभामा मात्र होइन प्रदेश सभाहरूमा पनि नेपाली कांग्रेस र नेकपा ९एमाले० नै पहिलो वा दोस्रो दल हुने देखिन्छ । तर, चुनावपूर्वको कुनै गठबन्धनको पनि स्पष्ट बहुमत नपुग्न सक्छ ।
 
यस्तो अवस्थामा माओवादी केन्द्र वा मधेस केन्द्रित दलले गठबन्धन परिवर्तन गरेर भए पनि सत्तामा बढी भाग पाउने प्रयास गर्न सक्छन् । कांग्रेस र एमालेको नेतृत्व सत्ताको लोभमा तिनको जालमा फसे भने जनतामा वितृष्णा बढ्नेछ ।
 
यस्तो अवस्थामा नयाँ दलबाट विजयी सांसदहरूको भूमिका स्वच्छ भयो भने उनीहरूको यथार्थमै विकल्पका रूपमा स्थापित हुनेछन् । पुरानै प्रवृत्ति तिनमा पनि देखियो भने जनताले त विकल्प पाउलान् तर यिनको भने अवसान हुनेछ ।         
 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC