site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

उपत्यकामा सुकुमवासीका नाममा बसाइएका झुप्रे बस्तीहरूमा सबै सुकुमवासी पक्कै छैनन् । अझ कतिपय झुप्रामा बस्नेहरू त नेपाली पनि नहोलान् । तैपनि, ती झुप्रामा बस्नेहरू सबै मानिस त हुन् । यसैले कतै न कतै ओत लाग्ने हक तिनको पनि छ । 
 
बस्ती बसाउने बेला आड दिने र कतिपय अवस्थामा उक्साउनेहरू नै सत्तामा पुग्नेबित्तिकै झुप्रे बस्तीहरू उठाउन अग्रसर हुन्छन् । अर्थात्, सुकुमवासीका नाममा ‘राजनीति’ लामो समयदेखि भइरहेको छ र सम्भवतः अब पनि भइरहनेछ । 
 
यसैले अहिले बाग्मतीका किनारामा बसेकासुकुमवासी बस्ती हटाउन गरिएको प्रयास नौलो होइन । यस्तै यसरी झुप्रे बस्तीमा बस्नेहरूको जतिपटक उठिवास लगाए पनि अर्को उपयुक्त व्यवस्था नगर्दासम्म कतै न कतै यस्तै बस्ती बसाएर बस्नुबाहेक तिनको अरू विकल्प देखिँदैन । 
 
यही कारणले ‘अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति’ले सुकुमबासीहरू बस्दै आएका बस्ती हटाउन १० दिने म्याद दिएपछि त्यहाँ बस्नेहरूले सडकमा विरोध प्रदर्शन र नारावाजी गरेको हुनुपर्छ । उनीहरूमध्ये धेरैसँग सायद बस्तीबाट उठेर जाने अर्को ठाउँ पनि छैन ।
 
बस्ती उठाउन समितिले गुहारेका कारण काठमाडौं महानगरपालिकाले बस्तीमा डोजर चलाँउछ भन्ने डर झुप्रे बस्तीका बासिन्दाहरूलाई लागेको देखियो । यही सन्दर्भमा महानगरपालिकाका प्रमुखको छवि ‘नगरपिता’को नभएर बालबालिका तर्साउने ‘खलपात्र’को जस्तो बन्न पुगेको समाचार केही पहिले सार्वजनिक भएको थियो ।
 
छेउछाउमा झुप्रे बस्तीहरू नभएको सहर संसारमा र विशेषगरी दक्षिण एसियामा छैनन् । यसैले काठमाडौंलाई झुप्रे बस्ती नभएको सहर बनाउने कल्पना राम्रो त हो वस्तुगत होइन । अरू कतिपय सहरमा त अन्ततः तिनै बस्तीलाई व्यवस्थित बनाएर समस्या सुल्झाइएको छ ।
 
 
यी झुप्रे बस्तीमा वर्षौंदेखि बस्दै आएकाहरू साँच्चै नै गरिब भूमिहीन हुन् र उनीहरूलाई बसेको ठाउँबाट हटाउनै पर्ने हो भने तिनको बसोवासको व्यवस्था राज्यले नै गरिदिनुपर्छ । अन्त जग्गाजमिन वा सम्पत्ति भएकाहरूलाई पनि ठाउँ छाडेर जाने उपयुक्त समय दिनु न्यायोचित हुनेछ ।
 
यसै पनि अहिले नेपालमा अहिले सुकुमबासी भनिएकाहरूको समस्या समाधान गर्ने नाममा एउटा सरकारी आयोग कार्यरत छ । त्यस आयोगको काम नसकिउन्जेल झुप्रे बस्ती उठाउने अभियान चलाउनु न्यायोचित हुँदैन । 

मीनपचासको ठण्डीमा न्यानो दिनुको साटौ छत खोसेर बिचल्ली गराउनु चरम अमानवीय कार्य हुनेछ । कम्तीमा बालबालिकाका मनमा सरकारी अधिकारी पनि कथाका राक्षसजस्तै दुष्ट हुन्छन् भन्ने छाप नपरोस् । 
     
    
 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC