site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीको गृहजिल्लामा मतगणनास्थलमा सीसीटीभी क्यामेरा
Sarbottam CementSarbottam Cement

डडेलधुरा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदानका लागि डडेलधुरामा सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार (भोलि) देशभर एकै दिन आम निर्वाचन हुँदै छ ।

डडेलधुरा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो । यहाँ १०१ मतदानस्थलमा १३९ मतदान केन्द्र तयार पारिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान केन्द्रमा बुथ निर्माणलगायत सबै तयारी पूरा भएको छ । “लगभग सबै मतदान केन्द्रमा बुथ निर्माणलगायत सबै तयारी सम्पन्न भइसक्यो भनेर मलाई जानकारी प्राप्त भएको छ,” मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले भने, “मतदान अधिकृतलगायत कर्मचारीले सर्वदलीय बैठक पनि गरिसकेका छन् । भोलि बिहानदेखि मतदान सुरु गर्न सम्पूर्ण तयारी भइसकेको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतलाई मतगणनास्थलका रूपमा तोकिएको उनले बताए । “मतगणनास्थलमा सीसीटीभी क्यामेराको प्रबन्ध गरिसकेका छौँ,” उनले भने, “मतगणनास्थल मात्र नभएर मुख्य निर्वाचन अधिकृतको सिंगो कार्यालय नै सीसीटीभी क्यामेराको निगरानीमा हुन्छ ।”

निर्वाचनका लागि जिल्लाको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

Global Ime bank

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीलाई निर्वाचनका लागि परिचालन गरिएको छ । “तीनवटा घेरा बनाएर सुरक्षा व्यवस्था मिलाएका छौँ,” उनले भने, “मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र अन्तिम घेरामा सेनाले सुरक्षा दिइरहेका छन् ।”

प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार अहिले ‘मोबाइल टिम’ पनि परिचालन गरिएको छ । ‘रिजर्भ टिम’ तयार पारिएको छ ।

१०१ मतदानस्थलमध्ये २३ अति संवेदनशील, ४१ संवेदनशील र ३७ सामान्य रहेका छन् । एउटा मतदान केन्द्रमा म्यादी प्रहरीसहित सातदेखि १२ सुरक्षाकर्मी र आठ कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका लागि देउवासहित आठ उमेदवार प्रतिस्पर्धामा छन् । दुई प्रदेशसभा क्षेत्रबाट १२ उमेदवार चुनावी मैदानमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  १८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !