site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भोजपुर उडेको वायुसेवा निगमको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं फिर्ता 
प्रतीकात्मक तस्बिर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमडौं । काठमाडौंबाट भोजपुरका लागि उडेको नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमा प्राविधिक समस्या आएपछि बीचबाटै फर्काइएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार ट्विनअटर जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं फर्काएर ग्राउन्डेड गरिएको छ । उक्त जहाजमा १५ जना यात्रु सवार थिए । 

उक्त जहाज ग्राउन्डेड भएपछि आजका सबै उडान रद्द गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १५:२२
प्रतिक्रिया दिनुहोस्