site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
महिला र पिछडिएका वर्ग विरुद्द हुने विभेद अन्त्य गराएरै छाडनु छ : अञ्जना विशंखे 

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन आउन मात्र ४ दिन बाँकी छ । दलहरु चुनावी प्रचारमा घरदैलो र आमसभामा व्यस्त छन् । जनतासँग आफ्ना एजेन्डा प्रस्तुत गरेर मत मागिरहेका छन् ।

निर्वाचनका लागि टिकट वितरण गर्दा दलहरुबाट महिला उमेदवार उपेक्षामा परे । मुख्य राजनीतिक दलहरुले प्रत्यक्षतर्फ महिला उमेदवार बनाउन चाहेनन् । त्यसमाथि महिला, अल्पसंख्यक र अपाङ्गता भएकाहरूका समुदायको उपस्थिति लगभग समानुपातिकतर्फ सीमित गरियो ।

गठबन्धनलाई देखाएर टिकट वितरण समावेशी नभएको दलहरुको तर्क छ । तर, काठमाडौं १० मा भने गठबन्धनलाई तोडेर महिला त्यसमाथि पनि दलित महिला अञ्जना विशंखे उमेदवार बनेकी छन् ।

०७४ मा समानुपातिकबाट सांसद बनेकी विशंखे नेकपा माओवादी केन्द्रमा केन्द्रीय सदस्य पनि छिन् । उनै विशंखेलाई बाह्रखरीले संसद्मा जित्नैपर्ने २५ उमेदवार भित्र पनि राखेको छ । विशंखेसँग बाह्रखरीकी सोविता सुवेदीले संवाद गरेकी छन् । प्रस्तुत छ संवादको सम्पादित अंश :–

घरदैलो गरिरहनुभएको छ । माहोल कस्तो पाउनुभयो  ? 

Global Ime bank

मतदाताहरु ‘नो नट अगेन’ भनिरहेका छन् । यहाँ पुराना उमेदवारलाई भन्दा मलाई नै विश्वास गरेको देखिन्छ। पार्टीले लगेको मुद्दाहरुलाई व्यवस्थितरुपमा लाग्यौँ भने मतदाताहरुले हामीलाई नै भोट दिनु हुनेछ । 

देशभरी गठबन्धनहुँदा यस क्षेत्रमा किन हुन सकेन ? 

यस क्षेत्रमा गठबन्धन सफल नहुनुको कारण काग्रेसका उमेदवार राजन केसी हुन् । उहाँ यस क्षेत्रमा माओवादीको अस्तित्व नै छैन जसरी पेश हुनुभयो । अस्तित्व नै मेटाउने रुपले उहाँ प्रस्तुत भएपछि अस्तित्वको रक्षाको लागि पनि उमेदवारी दिएको हो । उहाँले सोचेको हाम्रो कमजोरी पक्षनै मेरो जीत बन्छ । 

यहाँ अरु पार्टीका, स्वतन्त्र उमेदवार पनि छन् । प्रतिष्पर्धीको रुपमा कसलाई देख्नु भएको छ ?

मतदाताहरुले कांग्रेसका उमेदवार राजन केसी र मलाई प्रतिष्पर्धीको रुपमा हेरिरहनुभएको छ। उहाँसँग मतदाताहरु खुसी हुनुहुन्न। उहाँले यस क्षेत्रका लागि रणनीतिक योजनाहरु ल्याउनु भएन ।

संसद् विकास कोषबाट आउने साना-साना योजनाहरुमात्र ल्याउनुभयो। विशेष गरी उहाँले किर्तिपुरबासीसँग बाचा गरेको खाने पानीको समस्या हल गर्ने कुनै कार्य गर्न सक्नु समेत भएन। उहाँले यस क्षेत्रलाई सिंहदरबारमा चिनाउने प्रयास पनि गर्नु भएन । उहाँको कार्यहरुमा मतदाताले अहिले प्रश्न गरिहेका छन्। 

तपाईंलाई नै मत दिनुपर्ने किन ? 

मैले यस क्षेत्रका ऐतिहासिक ठाउँहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रतिबद्धता लिएकी छु । चन्द्रागिरीका ३०० प्रकारका चराचुरुङ्गी, सय प्रकारका जडीबुटि छन्, पानीको यस्तो मुहान छ जसबाट उपत्यकाको पानीको समस्या हल हुन सक्छ। यी सबै कुरा धेरैलाई जानकारी छैन। यस्ता विषयलाई अगाडि सार्नको लागि मैले प्रतिबद्धता जनाएको छु।  सबै कुरा पुरा गर्नका लागि नै मेरो उमेदवारी रहेको छ। यसैले यस निर्वाचनमा मतदाताले मलाई जिताउनु पर्छ। 

यस क्षेत्रमा एउटा भरपर्दो अस्पताल निर्माण भएको छैन। जुम्लाका मानिसको वीर अस्पतालमा पहुँच हुन्छ तर दक्षिणकालीकाको स्वस्थ्य सम्बन्धी समस्या हल हुन सकेको छैन। 

यस क्षेत्रमा ठुला-ठुला योजना ल्याउन सकिने धेरै सम्भावना रहेको छ। साना तिना योजना मात्र नभएर सयौँ वर्ष सम्म रहि रहने योजनाहरु ल्याउने मेरो प्रतिबद्धता छ। 

यसका साथ साथै स्थानीय तहको अगुवाई गरेर  यस क्षेत्रका परमपरागत सीपहरुलाई प्रविधीमार्फत पुनर्जीवित गराई रोजगारीका सिर्जना गर्नमा समेत मैले भुमिका खेल्ने छु। 

महिला अधिकार तथा पिछडिएका समुदायको अधिकारका लागि तपाईको कस्तो भुमिका रहने छ?

महिला विरुद्ध हुने विभेद र पिछडिएका वर्ग विरुद्द हुने विभेद अन्त्य गराउनु छ। म संसदको अघिल्लो कार्यकालमा समानुपातिक तर्फबाट सांसद हुँदा नै संविधानमा रहेका मौलिक अधिकारको कार्यन्वयनका लागि ऐन निर्माण गर्ने प्रक्रियामा सामेल भएको थिएँ । तर कतिपय ऐन कानुनहरु अझैपनि निर्माण गर्न बाँकी छन् । कतिपय संशोधन हुन बाँकी छन् ।  

महिला सम्बन्धी धेरै मुद्दाहरुमा हामीले कानुन बनाउन सकेका छैनौं । घरेलु हिंसा सम्बन्धी अझै संघीय कानुन ल्याउन सकेका छैनौ। त्यस्तै यौन हिंसा सम्बन्धी कानुन अझै संशोधन गर्न जरुरी छ। त्यस्तै नागरिकता सम्बन्धी ऐनलाई पूर्णता दिनै बाँकी छ। यी सबै कानुनहरु अबको संसदले निर्माण गर्नुपर्ने छ। यसमा मेरो शसक्त भूमिका रहन्छ । 

यी मात्र नभएर काठमाडौं भित्रको भुमीहीनको समस्या कति छ कति, कतै मुआब्जाको समस्या छ। कतै लालपुर्जा नपाएको अवस्था छ । भूमी सम्बन्धी कानुनमा थुप्रै गृहकार्य गर्नुनै बाँकी छ। यस्ता समस्याको अगुवा भएर हल गर्छु।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  २०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu