site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कसैले रोक्न सक्लान् देउवाको अपराजित यात्रा ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चारदिने डडेलधुरा बसाइका क्रममा सात चुनावी सभामा सम्बोधन गरे । श्रीमती आरजु राणा देउवामार्फत गृहजिल्लामा उमेदवारी मनोनयनपत्र दर्ता गराएका उनले आफ्नो सातौँ चुनावी यात्रामा पनि पुरानै आश्वासनलाई निरन्तरता दिए ।

देउवाले भने, “पश्चिम सेती बनाउँछु । जिल्लामा शिक्षा, स्वास्थ्यको गुणस्तर सुधार गर्छु । बेरोजगारी अन्त्य गर्छु । विमानस्थल तथा बसपार्क बनाउँछु र जिल्लाभर स्तरीय सडक सञ्जाल जोड्छु ।”

०४८ सहितका ६ वटै संसदीय निर्वाचन जितेका देउवाले हरेकपटक जिल्लावासीलाई दिँदै आएका आश्वासन नै हुन्, यी । सातौँ चुनावी यात्रामा पनि देउवाले जिल्लाका सात पालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दा यिनै एजेन्डा दोहोर्‍याए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अहिले मेडिकल कलेजको एउटा आश्वासन थपिएको छ । “पश्चिम सेती निर्माणका लागि भारतीय सरकारी कम्पनीसँग सम्झौता भएको, विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन भइसकेको, मेडिकल कलेज सञ्चालनका लागि डिन नियुक्त भइसकेको र स्तरीय सडक सञ्जालका लागि बजेट विनियोजन भइसकेको छ,” जिल्ला सदरमुकाममा आयोजित चुनावी सभामा देउवाले भनेका थिए ।

उनले डडेलधुराका अरू ६ पालिकामा आयोजित चुनावी सभामा पनि सोही कुरा दोहोर्‍याए । अबका पाँच वर्षमा डडेलधुराले विकासमा फड्को मार्ने जिकिर गरे ।

Royal Enfield Island Ad

देउवाले पुरानै एजेन्डासहित भोट मागे पनि आम मतदातामा उनीप्रतिको विश्वास घटेको छैन । त्यसैले देउवा फेरि पनि विजयी बन्न सक्छन् ।

अजयमेरु गाउँपालिका–२ का उमेश ऐर भन्छन्, “अहिलेसम्म डडेलधुरामा जे भएको छ, त्यो देउवाकै कारण भएको हामीलाई लाग्छ । त्यसैले अब जिल्लाको विकास गर्नका लागि देउवाकै आवश्यकता हामीले महसुस गरेका छौँ ।”

अमरगढी नगरपालिकामा भेटिएका सन्तोष जोशी देउवाले जिते प्रधानमन्त्री र अरूलाई जिताउँदा सांसद मात्र बन्ने कांग्रेसको प्रचारले पनि उनको अपराजित यात्रामा पूर्णविराम लगाउन मुस्किल भएको बताउँछन् । “देउवाबाहेक सुदूरपश्चिमबाट तत्काल कोही पनि प्रधानमन्त्री हुने सम्भावना छैन,” उनले भने, “सासंद मात्रैलाई जिताउनभन्दा प्रधानमन्त्री बन्ने व्यक्तिलाई जिताउन डडेलधुरावासी अग्रसर भएको देखिन्छ । त्यसैले देउवाको विजयी यात्रा निरन्तर चल्ने देखिन्छ ।”

हुन् त ६ पटक सांसद, एकपटक गृहमन्त्री र पाँचपटक प्रधानमन्त्री बनेका देउवाले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो पनि धेरैको छ । गन्यापधुरा गाउँपालिकाकी कलावती कार्कीले पटक–पटक जिताएर पठाए पनि गरिब जनताका लागि कसैले काम नगरेको गुनासो पोखिन् । “भोट हाल्न सुरु गरेदेखि देउवालाई नै भोट दिएकी छु,” उनले भनिन्, “तर, हाम्रा दुःख भने जस्ताका त्यस्तै छन् । तर पनि मुलुकको प्रधानमन्त्री भइसकेको व्यक्तिलाई भोट नदिने कुरै भएन ।”

यी हुन् देउवालाई संसद् छिर्नबाट रोक्न खोज्ने प्रतिस्पर्धी
राजनीतिको केन्द्रमा रहेको डडेलधुरामा एउटा पक्ष ०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका देउवालाई संसद् छिर्नबाट रोक्ने प्रयासमा छ । अर्को पक्ष सातौँपटक देउवालाई जिताएर इतिहास कायम गर्न कस्सिएको छ ।

०४८ यताका हरेक निर्वाचनमा विजयी बन्दै आएका देउवालाई पराजित गर्न भन्दै स्वतन्त्र उमेदवारी दिएका सागर ढकाल र नेपाली कांग्रेस (बीपी)बाट कर्णबहादुर मल्ल चुनावी मैदानमा छन् । देउवाको स्वकीय सचिवका रूपमा लामो समय काम गरेका मल्ल गएको स्थानीय तह निर्वाचनको सम्मुखमा पार्टीबाट निष्कासित भएका थिए । त्यसपछि बीपी कांग्रेसबाट चुनावी मैदानमा उत्रिएका हुन् ।

देउवाले ३१ वर्षदेखि डडेलधुरावासीलाई ढाँट्दै आएको भन्दै योपटक भोट नदिएर ससम्मान बिदाइ गर्नुपर्ने मल्लको मत छ । “निर्वाचनका बेला मात्रै यहाँ पश्चिम सेती, मेडिकल कलेज र विमानस्थल बन्छ,” उनले भने, “निर्वाचनपछि यहाँको प्रतिनिधि जिल्लामा आउँदैन । त्योभन्दा ठूला यहाँका मतदाताको अपमान केही पनि हुँदैन । त्यसैले ६ पटक विजयी हुनुभएका देउवालाई यसपटक मत नदिएर बिदाइ गर्न आवश्यक छ ।”

यस्तै, ०७४ सालमा भएको एउटा टीभी कार्यक्रमका क्रममा देउवालाई प्रश्न गरेबापत हप्की खाएका गुल्मीका युवा ढकालले डडेल्धुरावासीले योपटक आफूलाई जिताउने जिकिर गरे । “उहाँहरू (देउवा र मल्ल)लाई पार्टीको साथ छ, मलाई जनताको साथ छ,” उनले भने, “अहिले जनता देशभरि नै जागेका छन् । स्थानीय तह निर्वाचनमा काठमाडौं र धरानजस्तो यहाँ पनि हुन्छजस्तो मलाई लाग्छ ।” 

नेकपा (एमाले)का नेता विक्रमबहादुर शाहीले पनि देउवाविरुद्ध उमेदवारी दिएका छन् । लामो समय एमालेमा रहेका शाही पार्टी विभाजनपछि नेकपा (एकीकृत समाजवादी)मा गएका थिए । तर, केही समयअघि फेरि पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट टीका लगाएर एमालेमा फर्किएका शाहीले स्वतन्त्र उमेदवारी दिएका हुन् ।

“एमालेको उमेदवार भए सूर्यमा र नभए आफूलाई भोट हाल्ने लक्ष्यसहित मैले उमेदवारी दिएको थिएँ,” उनले भने, “एमालेले उमेदवारी फिर्ता गरेपछि वामपन्थी पार्टीहरूको मत सुनिश्चित गर्न उमेदवार बनेको हुँ ।”

०५६ सालदेखि देउवाविरुद्ध सधैँ निर्वाचन लड्दै आएका कर्णसिंह रावल ‘मम्याल बाजे’ले योपटक पनि उमेदवारी दिएका छन् । देउवा सर्वसम्मत नहून् भन्नका लागि नै आफूले ०५६ सालदेखि प्रतिस्पर्धा गर्दै आएको उनी बताउँछन् ।

यस्तै, राप्रपाका गोविन्द खडायत, जसपाका श्याम सिनाल र स्वतन्त्र लालबहादुर कठायत पनि देउवाविरुद्ध उमेदवार छन् । तर, जसपाका सिनाल देउवालाई समर्थन गर्ने भन्दै कांग्रेसमा प्रवेश गरिसकेका छन् । 

सामाजिक सञ्जालमा ढकालको चर्चा
गुल्मीका युवा सागर ढकालले डडेलधुराबाट विजयी भएर प्रधानमन्त्री बन्ने जिकिर गर्दै आएका छन् ।

एउटा स्वतन्त्र उमेदवार डडेलधुराबाट विजयी हुन र प्रधानमन्त्री बन्न कत्तिको सम्भव छ ? भन्ने प्रश्नमा ढकाल भन्छन्, “यहाँ म मात्रै छैन । एउटा राष्ट्रिय स्वतन्त्र पार्टी छ । लौरो अभियानको पार्टी छ । लौरो अभियानबाटै ६५ वटा क्षेत्रमा उमेदवारी छ । अहिले पनि शेरबहादुर हेर्नुभयो भने कहाँ पार्टी सिस्टमबाट प्रधानमन्त्री हुनुभएको हो र ? संविधानको धारा ५ मा गएर प्रधानमन्त्री हुनुभएको हो । सबैको हस्ताक्षर लगेर राष्ट्रपतिलाई बुझाएर प्रधानमन्त्री बन्नुभएको हो । त्यसैले सम्भावना नै नभएको त होइन ।”

देउवालाई आराम दिनुपर्ने भन्दै चुनावी मैदानमा उत्रिएका ढकालको चर्चा सामाजिक सञ्जालमा निकै बढी छ । सामाजिक सञ्जलाको जस्तो चर्चा जिल्लामा भने देखिँदैन । कतिपय मतदाता त अहिलेसम्म ढकालको उमेदवारीबारे जानकार समेत छैनन् । देउवाको विकल्प ढकाल नभएको तर्क पनि धेरैको छ ।

“गुल्मीबाट आएर डडेलधुराको विकास गर्छन् भन्नेमा विश्वास छैन,” अमरगढीमा भेटिएका रमेश जोशीले भने, “देउवाको विकल्प खोज्न परे पनि डडेलधुरा स्थायी बसोबासी उमेदवारलाई जिताउन उपयुक्त होला ।”

अहिले पूर्वी नेपालबाट आएका १०–१२ युवाले डडेलधुरामा ढकालको पक्षमा प्रचार गरिरहेका छन् । उनीहरूले नै सामाजिक सञ्जालमा ढकालको पक्ष र देउवासहितका अरू उमेदवारको विपक्षमा प्रचार गरिरहेका छन् ।

“डडेलधुरावासीले देउवाको पक्षमा सामाजिक सञ्जालमा स्टाटस मात्रै राख्यो भने पनि पूर्वी नेपालबाट आएका ढकालका समर्थक गालीगलौजमा उत्रिन थाल्छन्,” डडेलधुराकै महेश्वरी जोशीले भनिन्, “देउवाको हलिया, झोले, भेडालगायत तुच्छ शब्द प्रयोग भइरहेका छन् । डडेलधुराका जनतालाई भेडाका् संज्ञा दिएर उनैबाट भोट पाउन त मुस्किल नै होला ।” सामाजिक सञ्जालमा चर्चामा रहेका ढकाललाई सोही सामाजिक सञ्जालले घाटा गर्ने तर्क उनको छ ।

गठबन्धनका नेता भन्छन्– देउवा सबैभन्दा बढी सुरक्षित
देउवासित तीनपटक प्रतिस्पर्धा गरेका नेकपा (माओवादी केन्द्र)का सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट अहिले प्रदेशसभा सदस्य पदको उमेदवार बनेका छन् । गाउँगाउँ पुगेर आफूसहित देउवाका लागि भोट मागिरहेका छन् । चुनावी सभामा उनले भने, “यसपटक देउवाज्यूले देशभरिमा सर्वाधिक मतान्तरले विजयी हुँदै विश्व रेकर्ड राख्छन् ।”

संविधानको रक्षाका लागि देउवाले कुशल भूमिका निर्वाह गरेको उनी बताउँछन् । आफू तीनपटक निर्वाचनमा पराजित भए पनि देउवा विजयी भएकामा खुसी भएको उनले बताउने गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर पनि देउवाका लागि अहिलेको निर्वाचन सबैभन्दा सुरक्षित रहेको बताउँछन् । “एमाले, माओवादीलगायत राष्ट्रिय पार्टीले उहाँविरुद्ध उमेदवारी नै दिनुभएको छैन,” उनले भने, “कांग्रेस (देउवा)का लागि अहिलेको निर्वाचन गोलकिपरबिनाको फुटबल खेलजस्तै भएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  १७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro