site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सरकारको अव्यावहारिक नियमले पार्ने नकारात्मक प्रभावको पछिल्लो उदाहरण घरजग्गाको किनबेच हुनपुगेको छ । भूउपयोग नियमावली लागु भएपछि देशभर कित्ताकाट रोकिएकाले घरजग्गाको किनबेच लगभग बन्द भएको हो । 
 
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसारका अनुसार गत वर्षको यही अवधिका तुलनामा यस आर्थिक वर्षको पहिलो तीन महिनामा घरजग्गाको कित्ताकाट  ८६।२४ प्रतिशत घटेको छ । यसरी किनबेच रोकिँदा राजस्व घटेको छ भने जनसाधारण मर्कामा परेका छन् ।
 
भू उपयोग नियमावली लागु भएपछि वर्गीकरण नगरिएका जग्गाको कित्ताकाट रोकिएको हो । स्थानीय तहले  भने बेलैमा जग्गाको वर्गीकरण गर्ने जिम्मेवारी पूरा गर्न सकेनन् । कित्ताकाट रोकिएपछि कारोबार घटेका कारण राजस्व सङ्कलन पनि कम भएको छ ।
 
नेपाली समाजमा गर्जो पर्दा घरजग्गा घरजग्गा बेचेर वा बन्धकी राखेर गर्जो टार्ने र पैसा कमाए जग्गाजमिन किन्ने चलन छ । जग्गाको खरिद विक्री गर्ने बहुसङ्ख्यक सामान्य जनताले ससाना टुक्रा किनबेच गर्छन् ।
 
कित्ताकाट रोकिएपछि पैसाको अभावमा कतिपयले छोराछोरी पढाउन वा बिरामीको उपचार गर्नसमेत नसकेको वा चर्को ब्याजमा रिन लिनुपरेको गुनासो सुनिएको छ । जग्गाको कित्ताकाट गर्न नरोकिएको भए उनीहरूले सानो टुक्रा जमिन बेचेर गर्जो टार्न सक्थे ।
 
भू उपयोग नियमावली बनाउने क्रममा सरकारले स्थानीय तहसँग पर्याप्त छलफल गरी त्यसको औचित्य पुष्टि गर्न सकेको भए सम्भवतः वर्गीकरण समस्या बन्ने थिएन । त्यसो त जग्गाको कित्ताकाट रोकेर कृषि उत्पादन बढ्ने  भन्ने तर्क नै पनि सही होइन ।
 
खेती योग्य जमिनलाई घडेरी बनाइएकाले जमिन बाँझो रहेको तर्क नै गलत र नेपालको यथार्थविपरीत देखिन्छ । लाग्छ, घरजग्गा कारोबार नियमन गर्न नसकेको झोँकमा कर्मचारीले नियन्त्रणका लागि यो उपाय अपनाएका हुन् ।
 
कित्ताकाट निषेधले जनसाधारणलाई रिनमा डुबाउने वा जमिन सस्तोमा बेच्न बाध्य बनाउने देखिन्छ । अर्कातिर, यस नियमले धनी घरजग्गा कारोबारी र ‘मिटर ब्याजी’हरूलाई फाइदा पुग्नेबाहेक सम्भवतः अरू केही हासिल हुनेछैन । 
 
यसैले तत्काल जग्गाको कित्ताकाटमा लगाइएको निषेध हटाएर सरकारले तत्काल कारोबार खोल्नुपर्छ । स्थानीय तहले काम गर्न नसकेको सजाय जनतालाई दिनु प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुन्छ । 
 
प्रस्तावित भू वर्गीकरणको औचित्य छ भने पहिले स्थानीय तहलाई तयार गरेर देशभर जमिनको वर्गीकरण गर्ने काम सम्पन्न हुनुपर्छ । अनिमात्र नियमावली लागु गर्नुपर्छ । जनताको सम्पत्तिमा यसरी हैकम चलाउने नैतिक अधिकार सरकारलाई हुँदैन ।    
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC