site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्लाही-४ : १९ पुरुष उमेदवारको एक्लो महिला प्रतिस्पर्धी मधुमाला

जनकपुरधाम । मधुमाला यादव आसन्न निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार छिन् । २६ वर्षीय मधुमालाले महिला नेतृत्वको आवश्यकता औल्याउँदै स्वतन्त्र उमेदवारी दिएकी छन् । उनी अहिले क्षेत्रमा मत माग्न व्यस्त छिन् । 

दुई गठबन्धनका सहित १९ जना पुरुष उमेदवारसँग प्रतिस्पर्धामा उत्रेकी उनी आफूलाई बलियो उमेदवारको रुपमा दाबी गरिरहेकी छन् । उनी विजयी हुनेमा विश्वस्त पनि देखिन्छिन् । तर, प्रभावशाली नेताहरु प्रतिस्पर्धामा रहेकाले यस क्षेत्रमा हारजित आकलन गर्न कठिन छ । 

सर्लाही ४ मा नेपाली कांग्रेसले टिकेट नदिएपछि निर्वतमान सांसद अमरेश सिंहले स्वतन्त्र उमेदवारी दिएका छन् । सत्ता गठबन्धनबाट कांग्रेसका नागेन्द्र राय तथा प्रतिपक्षी नेकपा (एमाले)–जसपा गठबन्धनबाट जसपाका राकेश मिश्र उमेदवार छन् । दलहरुबाट कूल ९ जना र स्वतन्त्र ११ जना गरी २० जना उमेदवार चुनावी मैदानमा भए पनि महिला मधुमाला मात्रै हुन् ।

Dabur Nepal
NIC Asia

विगतमा पुरुष नेता धेरैपटक जितेर गए पनि यहाँ खासै परिर्वतन नभएपछि सरकारी जागिर छोडेर राजनीतिमा आएको उनी बताउँछिन् । “कयौँपटक यहाँबाट नेताहरु जितेर गए पनि समस्या उस्तै छ,” उनले भनिन्, “महिला, गरिब, विपन्न र विकासको क्षेत्रमा कामै भएको छैन । शिक्षा र स्वस्थ्य त झन बिग्रेको छ ।”

यस क्षेत्रको समग्र विकासको लागि महिला र युवा नेतृत्व आवश्यक रहेको हुनाले उमेदवारी दिएको उनले बताइन् । तर, उमेदवारी मधुमालाको भए पनि राजनीति भने उनको बुबा शिवपुजन रायले गरेको कतिपयको बुझाइ छ । उनको प्रचारप्रसार सामग्रीमा पनि शिवपुजनको फोटो र नाम राखिएको छ । बुबाकै नाममा मधुमालाले मत माग्ने गरेकी छन् ।

madhumala (2)1667835516.jpg

शिवपुजन नेकपा (माओवादी केन्द्र)का नेता हुन् । ०७४ को निर्वाचनमा माओवादीबाटै टिकट पाएका थिए उनले । तर, रातो पासपोर्ट दुरुपयोग प्रकरणमा मुछिएपछि सर्वोच्च अदालतले उनको उमेदवारी खारेज गरिदिएको थियो । 

०६४ को संविधानसभा चुनावमा उनी तत्कालीन मधेशी जनअधिकार फोरमबाट निर्वाचित भएका थिए । उनको श्रीमती मीनादेवी यादव यसपटक पनि माओवादी केन्द्रबाट नै समानुपातिक उमेदवारको बन्दसूचीमा समावेश छ । गएको स्थानीय निर्वाचनमा पनि उनको २२ वर्षीया छोरा राजाबाबु यादव माओवादीबाट नै रामनगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
 
मधुमाला माओवादीको मत पनि आफूले पाउने आशमा छिन् । यस क्षेत्रमा ५० वटा वडा पर्दछन् । जसमध्ये ११ वटा वडा माओवादी केन्द्रले जितेको छ । यहाँ माओवादीले १८ हजार ६६५ मत ल्याएको छ । ६ पालिका पर्ने यस क्षेत्रका दुई पालिका प्रमुख र उपप्रमुख पनि माओवादीकै छन् ।

वडाको मत केलाउँदा गत स्थानीय चुनावमा कांग्रेसको २३ हजार १३१, लोसपाको १४ हजार ७३१, एमालेको ११ हजार ६७४, जसपाको ६ हजार ४३३, जनमत पार्टीको दुई हजार ६१२ र नेकपा (एकीकृत समाजवादी)को ६०९ मत आएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  ०६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro