site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तान : पूर्वप्रधानमन्त्री खानले देशद्रोह गरेको गृहमन्त्री सनौल्लाको आरोप 
Tiktok banner adTiktok banner ad

इस्लामावाद । पाकिस्तानका गृहमन्त्री राना सनौल्लाले पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)का प्रमुख इमरान खानले पाकिस्तानविरुद्ध देशद्रोह गरेको आरोप लगाएका छन् । 

जिओ न्युजसँग कुरा गर्दै उनले भने, “इमरान खानले राज्यविरुद्ध देशद्रोहको अपराध गरिरहेका छन् ।”

पाकिस्तानको पञ्जाब प्रान्तको वजीराबादमा गत हप्ता एक राजनीतिक ¥यालीका क्रममा गोली प्रहार गरिएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले राजधानी इस्लामावादतर्फको लामो पदयात्रा मङ्गलबार देखि पुनः सुरु गर्ने घोषणा गरेका छन् । 

लाहोरमा आयोजित पत्रकार सम्मेलनमा खानको भनाइलाई उद्धृत गर्दै पाकिस्तानी पत्रिका डनले लेखेको छ, “हामीले निर्णय गरेका छौं । हाम्रो मार्च वजीराबादको त्यही बिन्दुबाट सुरु हुनेछ जहाँ मलाई र अन्य ११ जनालाई गोली हानिएको थियो । उक्तस्थानमा मोअज्जम सहिद भएका थिए ।” 

सनौलाले खानलाई ‘संस्थाहरूले अंगीकार गरून भन्ने’ चाहेको भन्दै पाकिस्तानी संस्थाहरूलाई पीटीआई प्रमुखको ‘खराब एजेन्डा’ विरुद्ध उभिन आग्रह गरेका छन् । 

खानले सेना प्रमुखको नियुक्तिलाई विवादास्पद बनाउन चाहेको पनि सनौल्लाले दाबी गरे । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro