site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डडेलधुरामा देउवाका सात चुनावी सभा : प्रतिस्पर्धीबारे एक शब्द पनि बोलेनन्
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

डडेलधुरा । कात्तिक १७ गते गृहजिल्ला आइपुगेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइतबार फर्किएका छन् । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा रहेको निजी निवासमा रहेका देउवा अहिले कार्यकर्ता भेटघाटमा व्यस्त छन् । चार दिने डडेलधुरा बसाइको क्रममा देउवाले सात पालिकाका सात चुनावी सभालाई सम्बोधन गरे । 

पहिलो दिन जिल्ला सदरमुकाम रहेको अमरगढी नगरपालिकास्थित बागबजारमा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरेका देउवाले दोस्रो दिन नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गरे । तेस्रो दिन अजयमेरु गाउँपालिका र भागेश्वर गाउँपालिका तथा चौथो दिन आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा आयोजित आमसभालाई उनले सम्बोधन गरे ।
  
सात चुनावी सभालाई सम्बोधन गर्दै देउवाले पश्चिम सेती जलविद्युत् आयोजना र विमानस्थल निर्माण गर्ने, मेडिकल कलेज सञ्चाल गर्ने र ग्रामीण क्षेत्रका सडक स्तरीय बनाउने घोषणा गरे । देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेपछि बाध्य भएर आफू प्रधानमन्त्री भएको र गठबन्धनको आवश्यकता अझै १५–२० वर्ष रहेको भन्दै भोट पनि मागे । 

सातवटा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा देउवाले आफ्नो प्रतिस्पर्धीबारे भने एक शब्द पनि बोलेनन् । मंसिर ४ को निर्वाचनका लागि एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेलधुरामा देउवासँगै कांग्रेस बीपीका कर्णबहादुर मल्ल, राप्रपाका गोविन्द खडायत, जनता समाजवादीका श्याम सिनाल, स्वतन्त्र सागर ढकाल, विक्रमबहादुर शाही, कर्णसिंह रावल ‘मम्याल बाजे’ र लालबहादुर कठायत उमेदवार छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

‘देउवाले अरूलाई प्रतिस्पर्धी नै ठान्नु भएको छैन’ 
सात चुनावी सभालाई सम्बोधन गर्ने क्रममा देउवाले आफ्ना प्रतिस्पर्धीबारे मुख खोलेनन् । देउवासँगै डडेलधुरामा आयोजित चुनावी सभामा सहभागी भएका कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर अहिले कांग्रेसको प्रतिस्पर्धी नै कोही नदेखेको बताउँछन् । “हुन त प्रतिनिधिसभा निर्वाचनमा देउवाविरुद्ध धेरैले उमेदवारी दिएका होलान्,” महरले भने, “तर अहिलेको ठूलो दल नेकपा एमालेले उमेदवारी फिर्ता गरेर प्रधानमन्त्रीज्यूलाई मौन समर्थन जस्तै गरेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि देउवालाई समर्थन गरेर भोट मागिरहेका छन् । अन्यलाई न उहाँ (देउवा)ले प्रतिस्पर्धी ठान्नुभएको छ । न त नेपाली कांग्रेसले नै ठानेको छ ।” 

Royal Enfield Island Ad

केन्द्रीय सदस्य महरले अहिले डडेलधुराको निर्वाचन गोलकिपर बिनाको फुटबल खेल जस्तै भएको टिप्पणी गरे । “गोलकिपर नै छैन भने जाली च्यातिने सम्भावना बढी हुन्छ । डडेलधुराको निर्वाचन पनि नेपाली कांग्रेसका लागि प्रतिस्पर्धी बिनाको भइरहेको छ,” उनले भने । 

नेपाली कांग्रेस डडेलधुराका सचिव हेमराज चटौत प्रधानमन्त्री देउवाको स्वभाव नै त्यस्तै रहेको बताउँछन् । “अहिले मात्रै होइन, कुनै पनि निर्वाचनमा आफ्ना प्रतिस्पर्धीबारे प्रधानमन्त्रीज्यूले बोलेको मैले सुनेको छैन । उहाँको स्वभाव नै त्यस्तै हो,” चटौतले भने । 

कर्ण मल्ल भन्छन् : यसपटक देउवा हार्ने ग्रहदशा छ
देउवासँग रुष्ट भएर स्थानीय तह निर्वाचनमा आफ्ना कार्यकर्तालाई कांग्रेस बीपीमार्फत चुनाव लडाएपछि पार्टीबाट निष्कासित कर्णबहादुर मल्लसँग देउवाको प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । यद्यपि, कांग्रेस डडेलधुराले भने आफ्नो प्रतिस्पर्धी कोही पनि नभएको बताउँदै आएको छ । मल्ल नेपाली कांग्रेस डडेलधुराका पूर्वसभापति हुन् भने प्रधानमन्त्री हुँदा देउवाको प्रमुख स्वकीय सचिवका रुपमा लामो समय काम गरेका थिए । आफ्ना राजनीतिक गुरु देउवाविरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रिएका मल्ल अहिले आफ्नो एजेण्डा प्रस्तुत गरेरभन्दा पनि देउवाले ३१ वर्षदेखि डडेलधुरावासीलाई ठगेको भन्दै भोट मागिरहेका छन् । 

मल्लले यसपटक देउवालाई हराउने ग्रहदशा रहेको बताउँदै आएका छन् । “देउवाले आफूलाई जोतिषले सातपटक प्रधानमन्त्री हुने योग छ भनेको भन्नुहुन्छ,” मल्ल भन्छन्, “अब उहाँ के का लागि छैठौं, सातौँपटक प्रधानमन्त्री बन्नुहुन्छ ? मेरो ज्योतिषले पनि मलाई यसपटक तिम्रो ग्रहदशाले शेरबहादुर देउवालाई हराउने छ भनेको छ ।” 

देउवाले एकलौटी रूपमा सातौँ जिल्ला अधिवेशन तथा १४औँ महाधिवेशन गरेको भन्दै मल्ल लामो समयदेखि रूष्ट थिए । स्थानीय तहको चुनावमा उनले नेपाली कांग्रेस बीपीबाट चुनाव लड्ने भन्दै एमालेसँग गठबन्धन गरेपछि कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी उनलाई कारबाही गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro