site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वप्रकाशसँग मेरो प्रतिस्पर्धा छैन, मिडियाले भ्रम सिर्जना गरे 

पूर्वकानुन मन्त्री तथा निर्वतमान महान्यायधीवक्ता अग्नि खरेल निर्वाचन प्रचारप्रसारमा व्यस्त छन् । झापा क्षेत्र नम्बर–२ बाट उनी चुनाव लड्ने चाहना राखे पनि १ नम्बर क्षेत्रबाट चुनाव लड्दैछन् । 

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा उनको प्रतिस्पर्धी हुन् । एमाले राप्रपासँग गठबन्धन गरेर चुनाव लड्दैछ । यता, कांग्रेस र माओवादी एक ठाउँमा छन् । 

बाह्रखरीले चुनाव केन्द्रित कुराकानी खरेलसँग गरेको छ । खरेलसँग बाह्रखरीकर्मी रोमन आचार्यले झापा क्षेत्रनम्बर १ पुगेर गरेको कुराकानीको सम्पादित अंश :

Dabur Nepal
NIC Asia

मतदाताको घरदैलो पुग्दा उनीहरूले दिने प्रतिकृया के छ ? 

जनताको आशा मरेको छैन, अपेक्षा पनि उत्तिकै धेरै छ । झापाको ५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा विकास नभएको निर्वाचन क्षेत्र यही हो । हरियाली छ, रमणीय वातावरण छ । तर, बाटोको अवस्था नाजुक छ । पूर्वाधार विकासको आवश्यकता छ । 

सडकको स्तरोन्नती यहाँको पहिलो आवश्यकता हो । खोल र नदी सातवटा छन् जहाँ तटबन्धन कार्यक्रम छैन । नदीले दुःख दिएको ठाउँमा यो कार्यक्रम किन आएन अचम्म छ । हात्ती आतंक यहाँको अर्को समस्या हो । 

फेन्सिग तार लगाएको र केही समस्या समाधान भएको जनताले भनेका छन् । तर, पूरै समस्याको समाधान भएको छैन । जनताको जीवन बचाउन लाग्नुपर्ने आवश्यक्ता महसुस भएको छ । स्थायी समाधान खोज्नुपर्ने छ । जनताको तटबन्धन कार्यक्रम लागु गर्न सके हात्ति नियन्त्रण हुने रहेछ ।

यसबाहेक सिचाईं, खानेपानीको समस्या छ । केही मानिसले आफैँ समस्या समाधान गरेका छन् । कृषिमा व्यवसायीकरण र शिक्षामा व्यवसायीक शिक्षालगायत विषय छन् । अरु निर्वाचन क्षेत्रमा विकास हुने तर हाम्रोमा निक नहुने भनेर जनताले प्रश्न उठाइरहेका छन् । 

यहाँबाट पटकपटक निर्वाचित हुने दल एमालेनै हो । समस्या समाधानमा एमाले किन चुक्यो ? 

०७४मा गठबन्धन गरिएको हो । सिद्धान्ततः गठबन्धन गलत थिएन । व्यक्तिको कारणले गठबन्धन असफल भयो । एमालेबाट जन्मिएर कांग्रेसबाट निस्किए । एमालेले चुनाव जिताया । 

तर, प्रचण्ड कांग्रेसको प्रधानमन्त्री बनाउन पुग्नुभयो । त्यती भएर पनि विकास निर्माणको कार्यमा जोडिएको भए माओवादी साथीहरूले आजको दिनमा शीर निहुराएर हिड्ने अवस्था आउने थिएन । 

यहाँ त माओवादी साथीहरूले शिर निहुराउने स्थितिमा पुर्याउनु भयो । पार्टी जहाँ रहे पनि सांसदले गर्ने काम भएन । त्यो भन्दा अगाडि कामहरू भएका छन् । पुल बनाउने, बाटो बनाउने काम भएको छ । 

जति पनि बाटो बनेको छ, सबै प्रदेश सांसद्हरूले पैसा हालेका हुन् । यहाँको संघीय प्रतिनिधि माला सुकेर गयो तर आउनु भएन भन्ने जनताको गुनासो छ । 

गठबन्धनमा हिजो एमाले पनि थियो । यसको जवाफ त दिनुपर्ला नि ? 

पर्दैन । किनभने म एमालेको नेता हुँ । यही भनेर जनतालाई बुझाइरहेको छु । यहाँभन्दा अघिका एमाले साथीहरूले पनि जनतलाई धोका दिने काम गर्नुभएको छैन । 

तर, पार्टी छोडेर जानेले धोका दिएका छन् । नभएका कामको जवाफ त गठबन्धनले दिनुपर्छ । डेढ वर्षदेखि उहाँहरुको सरकार छ । 

चुनाव जसले जितेको हो उसले जवाफ दिनुपर्छ । तर, सांसदले जनतासँग मिलेर काम नगरेसम्म सफल हुँदैन भन्ने शिक्षा हामीले लिनुपर्छ, जुन् मैले गहिरोसँग लिएको छु । 

मैले जनतालाई निर्वाचन जितेर गइसकेपछि चारपाँच महिनाको बीचमा आउँछु । दिक्क पार्नेगरी आउँछु भनेको छु ।
 
कानुनमन्त्री पनि भइसक्नुभयो, निर्वतमान महान्यायाधीवक्ता र एमाले स्थायी कमिटी सदस्य पनि हुनुहुन्छ । प्रतिस्पर्धी कांग्रेस महामन्त्री हुनुुहुन्छ, उहाँलाई हराउन ट्याकल के छन् ? 

यहाँ ठूलो प्रतिस्पर्धानै छैन । मिडियाले प्रतिस्पर्धा भनेर लेखेका छन्, जसको असर मान्छेलाई प्रतिस्पर्धानै हो कि भन्ने परेको छ । 

स्थानीय तहको निर्वाचन परिणामले हामीलाई माथि र पहिलो दल बनाएको छ । संघीय निर्वाचनमा यो अझ प्रभावकारी बनेर जान्छ । यसमा धेरै तलमाथि हुनेवाला छैन । राप्रपासँग यहाँ तालमेल छ । 

ऊसँग ६ हजारको हाराहारीमा मत छ । त्यो दुबै जोड्दा ११ हजारको मतान्तर देखिन्छ । दोस्रो जे सुकै भए पनि एमालेलाई जनताले विश्वास गर्न छाडेका छैनन् । 

अरु पार्टीमा जनताको विश्वास छैन । त्यसकारण ठूलो साथ र समर्थन एमालेमा रहेको र कार्यकर्ताहरुको परिचालन भएको अवस्था छ । म आफैँ पार्टीको आन्तरिक विवादमा परेको छैन । झापाको पार्टी इन्चार्ज हुँ । 

र, आन्तरिक विवादमा परेकै छैन । अलिअलि साथीहरूले कोट्याउन खोजेका थिए, कमजोर पार्नलाई । भ्वाङ्ग पार्न सकिन्छ कि भनेर तर मेरो सवल पक्षले कसैले केही गर्न सकेन ।
 

टुरिष्ट नेता अब चाहिँदैन पनि भने ? 

अब त्यो रहेन । म ०२४ सालमा गौरादहमा आएर बसेको÷हुर्केको मान्छे हो । मैले झापा टेक्दा मेरा प्रतिपक्षीले धर्तिनै टेकेका थिएनन् । ०३४ सालमा एसएलसी र ०३७ सालको काण्डमा झापाको प्रहरी कस्टडी भिजिट गरेको छु । झापा आन्दोलन पछाडि भएका झापाका प्रत्येक कार्यक्रममा म सहभागी छु । विकास निर्माणमा प्रत्यक्ष सहभागी भएको छु । मैले कति काम गरेको छु विर्तामोड, गौरादह, अर्जुनधारा गएर विकास निर्माणको काम हेरे पुग्छ । 

तपाईंको पार्टीले दुईपटक गरेको संसद् विघटनको विषय मतदाताले कसरी लिएका छन् ? नागरिकले यसलाई लिएर आफ्नो धारणा त पक्कै बनाएका होलान् ? 

त्यसले जनतालाई धेरै छुँदैन । यो जनताको प्रश्न होइन । सहरमा वौद्धिक जमातमा हुने बहस मात्र हो । 

यसको सोझो जवाफ ०५१ र ०५८ सालमा कांग्रेसले संसद् विघटन गरेको हैन ? दुवै बहुमत थियो त । हाम्रो पनि दुईतिहाइ नजिक थियो । तर, त्यो बहुमतनै हो । प्रधानमन्त्रीले संसद् विघटन गर्छन् । 

अदालतको फैसला मानेका छौँ । तर, त्यो फैसला गलत थियो । संसदीय शासन प्रणालीमा रहने अधिकार हो । भोलि पनि संसद्मा जाने दलले त्यो अधिकार प्रयोग गर्न सक्छन् । तर, अदालत भने कांग्रेसको पक्षमा उभिने ‘नेचर’को छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  ११:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro