site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 ‘डिस्चार्ज’ भए पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान
Sarbottam CementSarbottam Cement

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान डिस्चार्ज भएका छन् । तीन दिनको उपचारपछि उनी आइतबार अस्पतालबाट ‘डिस्चार्ज’ भएका हुन् । 

गत बिहीबार पूर्वप्रधानमन्त्री खानको हत्या गर्ने असफल प्रयास हुँदा खुट्टामा गोली लागी घाइते भएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

गोलीकाण्डमा खानले आफ्ना उत्तराधिकारी शहबाज सरिफको संलग्नता रहेको आरोप लगाएपछि गत अप्रिलमा सत्ताच्यूत भएदेखि नै तनावमा रहेको देशको राजनीतिक सङ्कट थप चुलिएको छ ।

पूर्वसूचनामन्त्री फवाद चौधरीले एएफपीसँग कुरा गर्दै खानलाई ‘डिस्चार्ज गरिएको’ पुष्टि गरे । एक स्थानीय टीभी च्यानलले उनलाई निलो रङ्गको अस्पतालको गाउन लगाएर लाहोरस्थित एक क्लिनिकबाट ह्विलचेयरमा निस्कँदै गरेको देखाएको थियो । 

Global Ime bank

पूर्वी सहर वजिराबादमा बिहीबार राजनीतिक दलको प्रदर्शनको नेतृत्व गरिरहेका ७० वर्षीय खान चढेको ‘कन्टेनर ट्रक’लाई लक्षित गरी गोली चलाउँदा उनी घाइते भएका थिए । 

आक्रमणमा सम्लग्न भएको आरोपमा एक व्यक्तिलाई हिरासतमा लिइएको छ । सरकारी अधिकारीहरूले आक्रमणलाई ‘एक्लो बन्दुकधारीको काम र धार्मिक अतिवादको एकदम स्पष्ट मामला’ भनेका छन् । 

प्रहरीले सञ्चारमाध्यममा सार्वजनिक गरेको भिडियोमा एक मात्र संदिग्धले खानको प्रदर्शनले प्रार्थनाको आह्वानमा बाधा पु¥याएको कारण खानलाई मार्ने प्रयास गरेको बताएका छन् । 

खानले भने घटनामा दुई जना बन्दूकधारीको सम्लग्नता रहेको दाबी गरेका छन् । शुक्रबार अस्पतालबाट पत्रकारसँग कुरा गर्दै उनले घटनाको पछाडि सरिफ, गृहमन्त्री राना सनौल्ला र एक वरिष्ठ गुप्तचर अधिकारीको सम्लग्नता रहेको दाबी पनि गरेका थिए । रासस÷सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  २२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय