site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चोभार सबस्टेसन निर्माणको अवरोध हट्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–६, चोभारमा १३२ केभीको सबस्टेसन निर्माणमा भइरहेको अवरोध हटेको छ ।

नेपाल विद्युत् प्राधिकरणले हिमाल सिमेन्टको स्वामित्वको चोभार, भूतखेलस्थित १२ रोपनी १२ आना जग्गामा १३२/११ केभीको सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाएपछि स्थानीयले अवरोध गर्दै आएका थिए । उक्त स्थानमा खेलमैदानका रूपमा प्रयोग हुँदै आएको भन्दै स्थानीयले अवरोध गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मी, उपप्रमुख शुभलक्ष्मी शाक्य, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वडाध्यक्ष खीरमान सिंह बस्नेत, जलविनायक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दीपक महर्जन र स्थानीय बासिन्दाका प्रतिनिधि सम्मिलित संयुक्त बैठकबाट सबस्टेसन निर्माणलाई अगाडि बढाउने निर्णय गरिएको छ ।

स्थानीयले उठाएको मागलाई सम्बोधन गर्ने र त्यसका लागि आवश्यक पर्ने बजेट व्यवस्था गर्ने सहमति गरिएको प्राधिकरणले जनाएको छ ।

Global Ime bank

मन्त्रिपरिषद्को ०७८ माघ १७ गतेको बैठकबाट हिमाल सिमेन्टको स्वामित्वमा रहेको जग्गा सबस्टेसन निर्माणका लागि प्राधिकरणलाई भाडामा उपलब्ध गराउने निर्णय गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय