site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सन्दीपका वकिल भन्छन्– आरोप पुष्टि नहुने बलियो प्रमाण पेस गरेका छौँ
Tiktok banner adTiktok banner ad

काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा बहस गरेका कानुन व्यवसायीहरूले आफूहरूले बलियो प्रमाण पेस गरेको बताएका छन् । बुधबारदेखि जारी थुनछेक बहसमा आज सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवाश पाठक र लभ मैनालीले बहस गरेका थिए । 

सन्दीपका कानुन व्यवसायीले पीडित किशोरी नाबालिक नभएको प्रमाण अदालतमा पेस गरिएको र सन्दीपविरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकीर गरेका छन् ।

भोलि (शुक्रबार) पीडित किशोरी पक्षका वकिल र सरकारी वकीलहरूले बहस गर्नेछन्  ।

आजको बहसपछि सञ्चारकर्मीसँग बोल्दै सन्दीप पक्षकी अधिवक्ता सुधा रिजालले पीडित भनिएकी बालिका नाबालिक नभएको प्रमाण पेस गरेको जानकारी दिइन् । पीडित भनिएकी किशोरीको अस्पतालको कागज र संशोधित जन्मदर्ता, बसाइँसराइँको कागजबाट पनि किशोरी नाबालिका नभएको पुष्टि हुने उनको दाबी छ । 

बाँकी निर्णयका लागि भने अदालतको फैसला नै कुर्नुपर्ने उनले बताइन् । उनले सन्दीप लामिछानेको पक्षमा आफूहरूले बलियो प्रमाण पेस गरेको दाबी गरिन् ।

"पीडित भनिएकी किशोरी नाबालिका होइनन् भन्ने कुरा पहिल्यै मैले किटानका साथ भनेकी थिएँ । उनको अस्पतालको कागज र उनको संशोधित जन्मदर्ता, बसाइँसराइँको कागजबाट उनी नाबालिका होइनन् भन्ने पुष्टि हुन्छ । सन्दीप लामिछानेको पक्षमा हामीले दरो प्रमाण पेस गरेका छौँ," उनले भनिन् । 

अधिवक्ता रिजालले शुक्रबार पनि थुनछेक बहस हुने र सरकारी वकिल र सन्दीप पक्षका वकिलले बहस गर्ने बताइन् । 

सन्दीपको मुद्दामा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ भइरहेको छ । बुधबारदेखि नै थुनछेक बहस सुरु भएपनि क्रिकेटर लामिछाने पक्षबाट कानुन व्यवसायी धेरै भएकाले बहस लम्बिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro