site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कैलाली-५ : गठबन्धनका उमेदवारलाई 'बागी'को चुनौती 
Ghorahi CementGhorahi Cement

धनगढी । कैलालीको निर्वाचन क्षेत्र नं. ५ मा सत्ता गठबन्धनका उमेदवारलाई 'बागी'को चुनौती छ ।

पार्टीबाट टिकट नपाएकाले स्वतन्त्र उमेदवारी दिएपछि गठबन्धनका उमेदवारमाथि चुनाैती थपिएकाे हाे ।

अघिल्लो पटक प्रधानमन्त्रीपत्नी डा. आरजु राणा देउवालाई हराउन लागेको भन्दै कांग्रेसबाट कारबाहीमा परेका पुष्करनाथ ओझाले कैलाली-५ का लागि स्वतन्त्र उमेदवारी दिएका छन् । ओझा २०७० को निर्वाचनमा कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । 

Agni Group

कैलाली-५ मा प्रतिनिधिसभाका लागि गठबन्धनबाट कांग्रेसको भागमा परेकाे छ । यहाँ कांग्रेसका डिल्लीराज पन्त गठबन्धनको अधिकारिक उमेदवार हुन् ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले कैलाली याे क्षेत्र छाडेपछि लाेकप्रिय व्यक्ति भन्दै पन्तलाई कांग्रेसले उमेदवार बनाएको हो । उनकैविरुद्ध स्वतन्त्र उमेदवार ओझा चुनावी मैदानमा होमिएका छन् ।

Global Ime bank

पूर्वराज्यमन्त्रीसमेत रहेका ओझा २०७० सालमा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन कैलाली ६ छोडेपछि भएको उपनिर्वाचनमा पनि विजयी भएका थिए । 

त्यस्तै, कैलाली क्षेत्र नम्बर ५ को दुवै प्रदेश सभामा पनि गठबन्धनका उमेदवारविरुद्ध बागी उमेदवार खडा भएका छन् ।

माओवादीको भागमा परेकाे कैलाली-५ ‘क’मा गठबन्धनबाट रमेश धामी उमेदवार बनेका छन् । उनीविरुद्ध रमेश बस्नेतले बागी उमेदवारी दिएका छन् । 

त्यस्तै, प्रदेशसभा ‘ख’बाट पनि गठबन्धनबाट कांग्रेस कैलाली-५ का महाधिवेशन प्रतिनिधि प्रकाश देउवा उमेदवार बनेका छन् । उनीविरुद्ध पनि बागी उमेदवारी परेकाे छ । नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ का महाधिवेशन प्रतिनिधिसमेत रहेका भण्डारीले देउवाविरुद्ध स्वतन्त्र उमेदवारी दिएका हुन् । 

प्रतिनिधिसभातर्फ यस क्षेत्रमा धनगढी उपमहानगरपालिकाका पूरै १९ वडा र कैलारी गाउँपालिका–६ र ९ गरी २ वडा समेटिएको छ ।

स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएका मतलाई आधार मान्ने हो भने सत्ता गठबन्धनकाे मत बढी छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले ३२ हजार ६१९ मत ल्याएका थिए । 

नेकपा (एमाले) एक्लैले यस क्षेत्रमा १७ हजार ४२० मत ल्याएको थियाे ।

अघिल्लोपटक कांग्रेसबाट प्रदेशसभामा विजयी भएका पन्त आफूले अझै काम गर्नेगरी प्रतिनिधिसभाको उमेदवार भएको दाबी गर्छन् ।

कांग्रेसमा आफूले गरिरहेको काम पनि जित्ने आधार भएको उनको जिकिर छ । गठबन्धनको मत र विगतमा प्रदेशसभा सदस्य हुँदा गरेको काम नै जित्ने आधार भएको पन्तको दाबी छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC