site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देउवाको स्वागतका लागि पर्खिँदै प्रतिष्पर्धी सागर ढकाल 

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजदेखि जिल्लामा चुनावी अभियान थालेका छन् ।

उनी अहिले डडेल्धुरा पुग्दैछन् ।

श्रीमती आरजु राणा देउवामार्फत् मनोनयन दर्ता गराएका देउवा आजदेखि आफ्नो निर्वाचन क्षेत्रमा हुने सभालाई सम्बोधन गर्न पुग्दैछन् ।

deuba11667463035.jpg

देउवाले भोलि बिहान नवदुर्गा गाउँपालिकाको खुनी र दिउसो गन्यापधुरा गाउँपालिकाको बडाल, १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउसो भागेश्वर गाउँपालिकाको रुपाल तथा २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

अहिले डडेल्धुरा पुग्दै गरेका देउवालाई उनकै प्रतिष्पर्धी सागर ढकाल पनि स्वागतका लागि उभिएका छन् ।
देउवा केहीबेरमा त्यहाँ पुग्दैछन् ।

ढकालले पत्रकारसँग कुरा गर्दै विदेशमा पनि यस्तो संस्कार रहेको बताउँदै उनले सम्बोधन गर्ने कार्यक्रममा पनि आफूले बोल्न समय माग्ने बताए । 

उनले राजनीतिक संस्कारका लागि यस्तो गरेको बताए । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro