site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
कैलाली–५ मा लक्ष्मण र जगदीश : कहिले प्रचारक कहिले उमेदवार

धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलाली निर्वाचन क्षेत्र नम्बर–५ मा प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उमेदवार जगदीश चौधरीलाई समर्थन गरेको छ । उक्त पार्टीका लक्ष्मण चौधरीको उमेदवारी खारेज भएपछि स्वतन्त्रलाई समर्थन गरेको हो ।

जगदीशको चुनाव चिह्न नलका (धारा) रहेको छ । नागारिक उन्मुक्तिको कैलाली–५ मा प्रतिनिधिसभा सदस्यतर्फ उमेदवार नभएपछि सो पार्टीका नेता–कार्यकर्ता स्वतन्त्र उमेदवारका पक्षमा भोट माग्दै हिँडेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“कैलाली निर्वाचन क्षेत्र नम्बर–५ मा प्रतिनिधिसभातर्फ स्वतन्त्र उमेदवार जगदीश चौधरीलाई समर्थन गरेका छौँ,” नागरिक उन्मुक्तिका वरिष्ठ नेता लक्ष्मण चौधरीले भने, “हामीले आफ्ना पार्टीका सबै नेता–कार्यकर्तालाई मत दिन भनेका छौँ ।”

आफूले अहिले जगदीशको प्रचारप्रसार गरिरहेको लक्ष्मणले बताए । ०७४ सालको निर्वाचनमा लक्ष्मण यसै क्षेत्रबाट उमेदवार थिए । उनको मुख्य प्रचारकको भूमिकामा अहिलेका स्वतन्त्र उमेदवार जगदीश थिए ।

उक्त पार्टीको संगठित सदस्य भएको बताइने जगदीशले निर्वाचन आयोगले लक्ष्मणको उमेदवारी खारेज गर्न सक्ने शंका लागेरै विकल्पका रूपमा स्वतन्त्र उमेदवारी दिएको बताइएको छ । आफूलाई नागरिक उन्मुक्ति पार्टीको पूर्ण सहयोग र समर्थन रहेको जगदीशले बताए ।

०७२ मा कैलालीको टीकापुरमा घटेको घटनाको पृष्ठभूमिबाट जन्मिएको उक्त पार्टीको कैलाली र कञ्चनपुरमा बलियो प्रभाव छ । गएको वैशाखमा भएको स्थानीय तह निर्वाचनमा कैलालीमा चार पालिका जितेर यो पार्टी ठूलो दल भएको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  १३:२१
प्रतिक्रिया दिनुहोस्