1667325501.jpg)
काठमाडौं । नेकपा (एमाले)ले आफ्नो सरकार बनेमा बैंकको ब्याजदर निश्चित सीमाभित्र राख्ने बताएको छ । बचतकर्ता र बैंकको लगानीको ब्याजदर निश्चित सीमाभित्र राखिने आज सार्वजनिक भएको घोषणा पत्रमा उल्लेख छ ।
वित्तीय क्षेत्रको संभावित संकट सामना गर्न विशेष सतर्कता अपनाइने पनि उल्लेख छ । बैंकिङ क्षेत्रबाट उत्पादन र निर्यातमूलक क्षेत्र र व्यवसायलाई आवश्यक पर्ने पुँजी सहजरूपले उपलब्ध गराइने बताइएको छ । पुँजीको अभावमा कुनै पनि प्रकारको उद्यमशीलतालाई निरूत्साहित हुन नदिने पनि प्रतिबद्धता गरिएको छ ।
अर्थतन्त्रका प्रमखु क्षेत्रमा तीव्र गतिमा उत्पादन वृद्धि गरी देशलाई आत्मनिर्भर बनाइने पनि संकल्प गरिएको छ ।
निकासी वृद्धि, व्यापार घाटा उल्लेख्य रूपमा घटाइने बताइएको छ । अति आवश्यकताका वस्तु वा सेवा मात्रै आयात गर्ने र सम्भव हुने सबैवस्तु वा सेवा निर्यात गर्ने रणनीति कार्यान्वयन पनि घोषणापत्रमा उल्लेख छ ।