site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
दुई अंकमा आर्थिक वृद्धि गर्ने एमालेको घोषणा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एमाले)ले आगामी चुलावपछि आफ्नो सरकार बने दुई अंकको आर्थिक वृद्धि गर्ने घोषणा गरेको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सदस्य निर्वाचनका लागि मंगलबार सार्वजनिक गरेको घोषणा पत्रमा प्रारम्भमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै आगामी ५ वर्षभित्र आर्थिक वृद्धिदर दुई अंक कायम गर्ने प्रतिबद्धता जनाइएको छ ।

त्यस्तै नेपाली अर्थतन्त्रलाई विश्वको उदयीमान अर्थतन्त्र बनाइने पनि घोषणा पत्रमा उल्लेख छ । एमालेले आफ्नो नेतृत्वमा उच्च आर्थिक वृद्धिदर हासिल गर्ने, आर्थिक स्थायित्व कायम गर्ने र आर्थिक सफलताको न्यायोचित हिस्सेदारी सुनिश्चित गरी समतामूलक न्यायपूर्ण समाजको सुदृढ आधार तयार गरी नेपाली अर्थ व्यवस्थालाई समाजवादउन्मुख बनाइने पनि प्रतिबद्धता जनाइएको छ ।

यस प्रक्रियामा समाजका सबै वर्ग र तप्काका समूहको सहभागिता गराई ‘विकासको समावेशी मोडेल’को कार्यान्वयन गरिने पनि प्रतिबद्धता गरिएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  ००:४०
प्रतिक्रिया दिनुहोस्