site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेको प्रतिबद्धता : सातै प्रदेशमा फिल्मसिटी

काठमाडौं । नेकपा (एमाले)ले सातै प्रदेशमा फिल्मसिटी निर्माणको प्रतिबद्धता जनाएको छ ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै एमालेले आज सार्वजनिक गरेको चुनावी घोषणापत्रमा सातै प्रदेशमा फिल्मसिटी निर्माण गरिने उल्लेख छ ।

“नेपाली चलचित्रको प्रवद्र्धन, विकास र विस्तार गरिनेछ । सम्भावनाका आधारमा सबै प्रदेशमा फिल्म सिटी निर्माण गरिनेछ,” घोषणापत्रमा उल्लेख छ ।

सरकारले हालसम्म एउटा पनि फिल्मसिटी बनाउन नसकिरहेका बेला एमालेले सातै प्रदेशमा फिल्मसिटीको योजना अगाडि सारेको हो । दशक नाघिसक्दा पनि दोलखामा निर्माण गर्ने भनिएको फिल्मसिटी अलपत्र छ । सरकारले कुनै वर्ष बजेट विनियोजन गरे पनि कुनै वर्ष बेवास्ता गर्दै आएको छ ।

काठमाडौं उपत्यकानजिकै इनडोर आउटडोर स्टुडियो बनाउने योजना एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले नै अगाडि सारेको थियो । तर, हालसम्म पनि त्यो अघि बढाइएको छैन ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  २३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro