site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
फेसबुकमा चिनजान– बाँकेबाट सल्यान पुर्‍याइ किशोरीलाई बलात्कारपछि हत्या प्रयास  
Sarbottam CementSarbottam Cement

दाङ । बाँकेकी एक किशोरीलाई सल्यान पुर्‍याइ बलात्कारपछि मध्य रातमा हत्याको प्रयास भएको छ । 

पीडित पक्षको किटानी जाहेरी पछि आरोपित सल्यानका युवक पक्राउ परेका छन् ।  बाँकेकी १८ वर्षीया किशोरीलाई सल्यान पुर्‍याइ बलात्कारपछि हत्या प्रयास गरेको अभियोगमा  सल्यानको बन्गाड कुपेन्डे नगरपालिका वडा नं. ३ का २० वर्षीय रेबन्त बुढा पक्राउ परेका छन् । 

सल्यान प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार कात्तिक १२ गते राति करिब साढे ११ बजेतिर जिल्लाकै बनगाड कुपेन्डे नगरपालिका वडा नं. १ स्थित माल्पे जंगलमा लगेर बुढाले किशोरीमाथि बलात्कारपछि ज्यान मार्ने उद्योगले कुटपिट गरी बेहोस् बनाइ छोडेर भागेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

समाजिक संजाल फेसबुकबाट चिनजान भएकी बाँकेकी ती किशोरीलाई बुढाले बिहेको प्रलोभनमा पारी सल्यान पुर्‍याइ जंगलमा बलात्कारपछि हत्या प्रयास गरेको पीडितको जाहेरीमा उल्लेख छ । 

शनिबार भेट्न भनेर बाँके पुगेका  बुढाले ललाई फकाइ सल्यानस्थित आफ्नो गाउँ घर देखाउन भनेर ल्याएको प्रहरीले बताएको छ । 

Global Ime bank

तर, ती किशोरीलाई मध्य रातिमा जंगल पुर्‍याइ बलात्कार पछि ज्यान लिने उद्देश्यसहित निर्मम कुटिपट पछि उनी बेहोस् भएपछि मरी भनेर बुढाले झाडीमा फालेर भागेको प्रहरीले जानकारी दिएको छ । 

जंगलमा एक्लै झाडीमा फालिएकी किशोरीको आइतबार बिहानीपख होस खुलेपछि त्यो जंगलदेखि मुनी घर्सदै गइ स्थानीय एक महिलासँग गुहार मागेको प्रहरीले जानकारी दिएको छ । 

ती महिलाले बाँकेस्थित किशोरीकी आमालाई फोन सम्पर्क गरी सूचना दिएपछि प्रहरीलाई पनि घटनाबारे खबर गरेकी थिइन् । त्यसपछि प्रहरी आएर पीडित किशोरीलाई अस्पताल पुर्‍याएको जिल्ला प्रहरी प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी खनालले बाह्रखरीलाई बताए । 

त्यसपछि तत्काल आरोपित बुढाको खोजीमा प्रहरी खटिएको थियो । उनलाई जिल्लाकै बनगाड कुपेन्ड – १ स्थित सल्लीबजारबाट प्रहरीले आइबार बिहान दश बजेतिर बसको टिकेट काटेर काठमाडौंतर्फ भाग्ने तयारी गरी बसपार्कमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो ।  

बुढाको आक्रमणबाट पीडित किशोरीको अनुहारलगायत शरीरका विभिन्न भागमा  गहिरो घाउ खत लागेको प्रहरीले जानकारी दिएको छ । सल्यानमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि ती किशोरीलाई बाँके लगेर उपचार भइरहेको छ । 

घटनाबारे सोमबार पीडितको तर्फबाट आमाले जिल्ला प्रहरी कार्यालय सल्यानमा बुढा बिरुद्ध किटानी जाहेरी दिएकी थिइन् । बुढाविरुद्ध प्रहरीमा बलात्कार पछि  ज्यान मार्ने उद्योग गरेको अभियोगमा मुद्दा चलेको छ । 

पक्राउ परेका बुढालाई प्रहरीले सोेमबार नै जिल्ला अदालत सल्यानमा उपस्थित गराएको थियो । अदालतले पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अनुमति प्रदान गरेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement