site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जनयुद्धका सहकर्मी फरक पार्टीबाट आमनेसामने
Sarbottam CementSarbottam Cement

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर–३ को प्रतिनिधिसभा निर्वाचनमा जनयुद्धका सहकर्मी आमनेसामने भएका छन् । तत्कालीन सरकार–माओवादी जनयुद्धमा सँगै होमिएका कृष्णकुमार चौधरी ‘कुन्दन’ र गौरीशंकर चौधरी ‘तारा’ अहिले फरक फरक पार्टीबाट निर्वाचनमा होमिएका छन् । कृष्णकुमार चौधरी पाँचदलीय गठबन्धनबाट माओवादी र गौरीशंकर चौधरी एमालेबाट निर्वाचनको मैदानमा उत्रिएका छन् । चुनावी मैदानमा होमिएका जनयुद्धका दुई सहयात्रीबीच हुने प्रतिस्पर्धालाई कैलालीमा निकै चासोका साथ हेरिएको छ ।  

नेकपा माओवादी केन्द्रबाट कुन्दन र एमालेबाट गौरीशंकरको उमेदवारी, कैलालीमा नागरिक उन्मुक्ति पार्टीप्रतिको जनलहर र पूर्वसहकर्मीबीचको प्रतिस्पर्धाले यहाँको चुनावी परिणाम प्रतिक्षित बन्दै गएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कैलाली–३ बाट सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी ‘कुन्दन’ पहिलो संविधानसभा निर्वाचनमा आफ्नो निकटतम प्रतिद्वन्दीलाई तीन गुणाभन्दा बढी मतान्तरले पछि पार्दै संसदीय यात्रा तय गरेका उनी पुनः संसदीय यात्राको दौडमा उत्रिएका छन् । दुवै माओवादीमा रहेका २०७४ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रबाट गौरीशंकर चौधरी निर्वाचित भइ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हुँदा श्रम मन्त्री बनेका थिए । नेकपा विवादपछि गौरीशंकर एमालेमा प्रवेश गरेका थिए ।

प्रतिनिधिसभा अन्तर्गत कैलाली–३ मा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी ‘कुन्दन’, नेकपा एमालेबाट गौरीशंकर चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी प्रतिस्पर्धा हुने भएको छ । 
विगतको चुनावी परिणाम हेर्दा यो क्षेत्र माओवादीको आधार इलाका भएकाले आफ्नो आधार बलियो भएको कृष्णकुमार चौधरी बताउँदै आएका छन् । उता, एमालेका उमेदबार गौरीशंकर चौधरी भने आफू स्थानीय र सधैँ जनताका माझ भिजेको नेता भएको आफूलाई जनताले मत दिनेमा विश्वस्त छन् । 

Global Ime bank

कैलालीको कैलारी गाउँपालिका, भजनी नगरपालिका र घोडाघोडी नगरपालिका समेटिएर बनाइएको निर्वाचन क्षेत्र नम्बर–३ मा पहिलो र दोस्रो संविधानसभा निर्वाचन हुँदै २०७४ को निर्वाचनमा माओवादी केन्द्रले विजयी हासिल गर्दै आएको क्षेत्र हो । तर, हालै सम्पन्न स्थानीय तह निर्वाचनमा भने कैलारीमा कांग्रेस, भजनीमा नागरिक उन्मुक्ति र घोडाघोडीमा एकीकृत समाजवादीले मेयर जितेको छ । स्थानीय तह निर्वाचनमा १ लाख ७ हजार ६५९ मतदाता रहेको सो निर्वाचन क्षेत्रस्थित २६ वटा वडामध्ये १९ वडामा वडाध्यक्ष कांगे्रस, ३ वडाध्यक्ष माओवादी केन्द्र, २ वडाध्यक्ष नेकपा एमाले र २ वडाध्यक्ष नागरिक उन्मुक्तिले जितेको छ ।
 
कृष्णकुमारको राजनीतिक यात्रा 
२०४७ देखि नेकपा एमाले निकट अनेरास्ववियु पाँचौँको साधारण सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका उनी २०५८ एमाले छोडी नेकपा माओवादीको सशस्त्र जनयुद्धमा होमिएका थिए । २०५८ असोजदेखि भूमिगत भएका थिए । माओवादीको एरिया कमिटी सदस्य हुँदै रिजनल ब्यूरो भएका थिए । २०६२ माओवादीको धनगढी नगर इन्चार्जको जिम्मेवारी पाएका उनी २०६२/२०६३ जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । 

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भए । २०७२ असोज ४ गते माओवादीबाट विद्रोह गरी नयाँ शक्ति पार्टी गठन गरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसँगै गएका थिए । नयाँ शक्तिबाटै २०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं ३ (ख) प्रदेश सभा सदस्यको लागि चुनाव लडेका थिए । नयाँ शक्ति पार्टीको केन्द्रीय सदस्य तथा सुदूरपश्चिम अध्यक्ष भइसकेका उनी २०७८ चैत २८ गते स्थानीय तह निर्वाचनको सम्मुखमा  नेकपा माओवादीमा प्रवेश गरेका हुन् । हाल उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य छन् ।
 
गौरीशंकरको राजनीतिक यात्रा 
२०५३ देखि माओवादीको राजनीतिक यात्रा सुरु गरेका उनी २०५५ सालमा भूमीगत भई पूर्णकालीन सदस्य बनेका थिए । २०५५ सालमै जनमेलिसिया हुँदै २०५६ देखि वि.स. २०६१ सम्ममा उनी स्क्वाइट (तालिम प्राप्त शैन्य दस्ता) सदस्य र स्क्वाइट कमाण्डरको भूमिका निर्वाह गरेका थिए । २०५७ सालमा सेक्सन कमाण्डर रहेका उनी वि.स. २०५८ सालमा प्लाटुन कमाण्डरको जिम्मेवारीमा थिए । २०६९ सालमा कम्पनी कमाण्डर भए । त्यसपछि बटालियन सहायक कमाण्डर भएका उनी २०६१ सालमा बटालियन कमाण्डर बने । त्यसपछि ब्रिगेड सहायक कमाण्डरबाट २०६२ सालमा बिग्रेड कमाण्डरसम्म भएका थिए । बम, बन्दुकलगायत अत्याधुनिक हतियार चलाउने, शैन्य दस्ता परिचालन र युद्धको रणनीतिक योजनामा सहभागी हुने उनी २०६३ सालमा तत्कालीन सरकार र माओवादीबीच भएको विस्तृत शान्ति समझौतापछि स्वच्छिक अवकाश लिई संसदीय राजनीतिक यात्रा सुरु गरेका थिए । वि.स. २०६३ सालमा तीन सयभन्दा वढी फौजी दस्तासहितको योङ कम्युनिष्ट लिग (वाईसिएल)को नेतृत्व लिँदै उनी सेना समायोजनमा नगई व्यालेटको राजनीतिमा सक्रिय भएका हुन् । त्यसैबेला माओवादी केन्द्रको केन्द्रीय सदस्यमा चयन भएका चौधरी वि.स. २०७३ देखि हालसम्म पोलिटब्यूरो सदस्यको जिम्मेवारी छन् । 

२०६०मा कञ्चनपुरको गड्डाचौकी प्रहरी क्याम्प आक्रमणमा गोली लागेर घाइते भएका थिए ।

२०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित गौरीशंकर चौधरीले जनप्रतिनिधिको यात्रा गरेका थिए । पूर्व श्रम मन्त्रीसमेत रहेका गौरीशंकर चौधरीले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनले श्रम मन्त्रालयको जिम्मेवारी सम्हाले । तत्कालीन नेकपा खारेजीपछि एमाले प्रवेश गरेका पूर्वमाओवादी नेता उनले कैलाली निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यका लागि यसपटक एमालेबाट उमेदवारी दिएका छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९  १३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !