site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यस्तो टिकटक भिडियो बनाउनोस्, ५० हजार जित्नोस् !

काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनलक्षित टिकटक भिडियो बनाएर पठाउन आग्रह गरेको छ । त्यसरी पठाइएका मध्ये उत्कृष्ट पाँच भिडियोलाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कृत गरिने आयोगले जनाएको छ ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता, निर्वाचन शिक्षाजस्ता विषयमा आधारित रही २० सेकेन्डदेखि एक मिनेटसम्मको टिकटक भिडियो बनाएर पठाउन भनिएको छ । यही कात्तिक ५ देखि कात्तिक १५ गतेभित्र आयोगको इमेल ठेगाना (tiktok@ecn.gov.np)मा भिडियो पठाउनुपर्नेछ ।

टिकटक भिडियो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लक्षित हुनुपर्नेछ । भिडियो संवादमूलक, सन्देशमूलक हुनुपर्नेछ । आफ्नै मौलिक अडियो र अभिनय भएको भिडियोलाई प्राथमिकता दिइने आयोगले जनाएको छ ।

कुनै एक व्यक्तिले एउटा विषयमा पाँचवटासम्म भिडियो पठाउन सकिनेछ । दुई वा दुईभन्दा बढी व्यक्ति समावेश भएर निर्माण गरिएका पाँचवटासम्म भिडियो स्वीकार गरिने आयोगले जनाएको छ ।

भिडियोका सर्तबारे विस्तृतमा पढ्नोस्–

311526356_778145166617193_344594921395262788_n1666445154.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro