site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
दुर्लभ थापालाई आयोगले सोध्यो स्पष्टीकरण 

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नम्बर–२ बाट उमेदवार रहेका नेपाली कांग्रेसका जिल्ला अध्यक्ष दुर्लभ थापालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

थापाले सूर्यविनायक नगरपालिका–२, ३, ४ र ६ का चोक, गल्ली र पोलहरूमा दलको झन्डा, फ्लेक्स प्रिन्ट राखेको तथा सामाजिक सञ्जालमा पोस्ट गरेको र उक्त कार्य आचारसंहिताविपरीत हुने भएकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

थापालाई आयोगमा वा उमेदवार रहेको निर्वाचन अधिकृतको कार्यालमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ ।

“तपाईं नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिको अध्यक्ष तथा भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उमेदवार समेत रहनुभएको हुँदा निर्वाचन आचारसंहिताको पालना गर्ने गराउने जिम्मेवारी तपाईंको हो, होइन ?,” स्पष्टीकरणपत्रमा भनिएको छ, “यदि, जिल्ला कार्यसमिति भक्तपुरबाट निर्वाचन आचारसंहिताविपरीत कार्य भएको हो भने तपाईंलाई किन निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) बमोजिमको कारबाही हुनु नपर्ने हो ?”

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  ११:१७
प्रतिक्रिया दिनुहोस्