site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसमा असन्तुष्टि : डोटीमा आलेको ‘ह्याट्रिक’ कठिन
Sarbottam CementSarbottam Cement

डडेलधुरा । गएको स्थानीय तह निर्वाचनमा डोटीमा नेपाली कांग्रेसका वडाध्यक्ष पदका उमेदवारले पाएको मत झन्डै ३४ हजार छ । नेकपा (एकीकृत समाजवादी)को मत मुस्किलले ३२ सय पुग्छ ।

कांग्रेसले नौमध्ये सात पालिका जितेको छ । एकीकृत समाजवादीले एउटा पालिका पनि जितेको छैन । त्यसैले सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्दा डोटी कांग्रेसको भाग पर्ने धेरैको अनुमान थियो । डोटी कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरको गृहक्षेत्र हो ।

तर, सिट बाँडफाँट हुँदा त्यस्तो भएन । स्थानीय निर्वाचनमा कांग्रेसभन्दा ३० हजार कम मत पाएको एकीकृत समाजवादीको भागमा पर्‍यो, डोटी । उमेदवार भए, पूर्वमन्त्री प्रेमबहादुर आले । डोटी आलेको जिम्मा लगाएर बलायर कैलाली क्षेत्र नम्बर–४ मा झरे ।

Prabhu Bank
Agni Group
NIC Asia

बलायरले मैदान छाडे पनि डोटीमा आलेको ‘ह्याट्रिक’ विजय सहज देखिँदैन । कारण, सत्ता गठबन्धनको प्रमुख दल कांग्रेसको सहयोग देखिएको छैन । अहिले डोटी कांग्रेसका नेताहरू न आलेको पक्षमा भोट मागिरहेका छन् न त खुलेरै विद्रोह गरिरहेका छन् ।

“अहिले डोटीमा कांग्रेसले जसलाई उमेदवार बनाए पनि जित्ने सम्भावना थियो,” कांग्रेसका एक नेता भन्छन्, “तर गठबन्धनका नाममा जिल्लामा तीन हजार भोट नभएको पार्टीलाई डोटी जिल्ला जिम्मा लगाइएको छ । यसले कांग्रेसमा असन्तुष्टि बढेको छ ।”

Global Ime bank

एकीकृत समाजवादीका नेता भने आलेको जित सुनिश्चित भइसकेको जिकिर गर्छन् । एकीकृत समाजवादी डोटीका जिल्ला अध्यक्ष दीर्घ बोगटीले आफ्नो पार्टीको जित निश्चित भइसकेको बताए ।

“डोटीमा आले कमरेडको जित निश्चित छ,” उनले भने, “यहाँ कांग्रेसको उमेदवार नभएपछि हाम्रो प्रतिस्पर्धा एमालेसँग हो । स्वतन्त्र उमेदवारले पनि केही मत ल्याउँछन् होला । तर, त्यसले प्रभाव पर्दैन ।”

०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा पराजित आले ०७० मा विजयी भएका थिए । ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा आलेले बलायरलाई हराएका थिए ।

आलेलाई ह्याट्रिक जितबाट रोक्नका लागि नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा संविधानसभा सदस्य गौरी वली र स्वतन्त्र उमेदवार नरेन्द्रबहादुर खड्का कस्किएका छन् । स्वतन्त्र उमेदवारले मत काटेमा आफू विजयी हुने वलीको विश्वास छ । स्थानीय निर्वाचनमा एमालेले पाएको मत मात्र पाए पनि जित्ने भन्दै उनी मतदाता रिझाउन व्यस्त छिन् ।

एमाले सुदूरपश्चिमका सचिवालय सदस्य दुर्गादत्त ओझा डोटीमा योपटक कडा प्रतिस्पर्धा हुने बताउँछन् । “एमालेले उमेदवार राम्रो पाएको छ,” उनले भने, “वली कमरेडले जिल्लामा बसेर लगातार डोटेली जनताको हितमा काम गर्नुभएको छ । एमालेको जित्ने आधार नै बलियो उमेदवार पाउनु हो ।”

डोटीमा खड्काको स्वतन्त्र उमेदवारीलाई चासोपूर्वक हेरिएको छ । उनले दिपायल प्रदेशको राजधानी हुनुपर्ने भन्दै तत्कालीन आन्दोलनको नेतृत्व गरेका थिए । खड्का आफ्नो उमेदवारी र राजधानीको एजेन्डा समग्र डोटेली जनताको भएकाले विजयी हुने जिकिर गर्छन् ।

डोटी उद्योग वाणिज्य संघको नेतृत्व गरिसकेका खड्का आफ्नो पक्षमा डोटीका व्यापारी, राजधानीको आन्दोलनमा लागेका स्थानीय र सिट बाँडफाँटबाट असन्तुट कांग्रेस कार्यकर्ता उभिएको दाबी गर्छन् । आफ्नो प्रमुख मुद्दा नै डोटी र डोटेलीको अस्तित्वसँग जोडिएको उनी बताउँछन् ।

“नरेन्द्र खड्का नामक स्वतन्त्र उमेदवार एक पात्र मात्रै हो,” उनी भन्छन्, ‘खास उमेदवार भनेको डोटी हो, डोटेली हुन् । मैले डोटी र डोटेलीको गर्विलो इतिहास, अस्तित्व, अधिकार र न्यायका पक्षमा उभिने आँट मात्रै गरेको हुँ ।” उनले कांग्रेसको क्रियाशील सदस्यता त्यागेर स्वतन्त्र उमेदवारी दिएका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement