
इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आइतबार उपनिर्वाचनमा बहुमत सिट जित्न सफल भएका छन् ।
यसबाट छ महिने सरकारलाई तोकिएको मितिभन्दा अगावै आम निर्वाचन गर्नका लागि दबाब दिने उनको अभियानलाई थप गति प्राप्त भएको छ ।
पाकिस्तानको निर्वाचन आयोगका अनुसार खानले आठमध्ये सात सिटका लागि प्रतिस्पर्धा गरेकाेमा छ सिट जित्न सफल भएका हुन् ।
सत्तारूढ गठबन्धन सरकारका सदस्यको रूपमा रहेको पाकिस्तान पिपुल्स पार्टीले बाँकी दुई सिट जितेको छ । पुनः निर्वाचनका लागि पूर्वप्रधानमन्त्री खानले एक बाहेक सम्पूर्ण सिटबाट राजीनामा दिनुपर्ने हुन्छ ।
यस चुनावी सफलताले २२ करोडभन्दा बढी जनसंख्या भएको पाकिस्तानमा उनको राजनीतिक लोकप्रियतालाई दर्शाउँछ ।
पूर्वक्रिक्रेटर खानलाई गत अप्रिलमा अविश्वासको मत पारित गरेर सत्ताबाट अपदस्थ गरिएको हो । त्यसयता उनले यथाशीघ्र आम निर्वाचनको माग गर्दै पाकिस्तानभरि विशाल र्यालीहरूको आयोजना गर्दै आएका छन् ।
शहवाज सरिफको सरकार आर्थिक संकटमा गुज्रिरहेको बेला नयाँ राजनीतिक नाटक सुरु भएको हो ।
ब्लूमबर्गबाट ।