site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
डडेलधुरामा एमालेले कांग्रेस बीपीलाई समर्थन गर्ने, उमेदवारी फिर्ता 
Sarbottam CementSarbottam Cement

डडेल्धुरा । डडेलधुरामा प्रतिनिधिसभा र प्रदेशसभातर्फ ५ जनाले उमेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभातर्फ उमेदवारी दर्ता गरेका तीन र प्रदेशसभातर्फ उमेदवारी दिएका दुई जनाले फिर्ता गरेका हुन् ।

डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार प्रतिनिधिसभातर्फ एमाले उमेदवार चक्र स्नेही, स्वतन्त्र (काँग्रेसका बागी) दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालिप्रसाद जोशीले उमेदवारी फिर्ता लिएका छन् । 

एमाले केन्द्रले नै स्नेहीको उमेदवारी फिर्ता गर्न लगाएको एमाले डडेल्धुराका सचिव गजेन्द्र शाहीले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उमेदवारी फिर्तासँगै अब काँग्रेस बीपीसँग प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल हुने चर्चा छ । यद्यपी बागी उमेदवारी दर्ता गराएका एमाले नेता विक्रमबहादुर शाहीले भने उमेदवारी फिर्ता लिएका छैनन् । 

यस्तै प्रदेशसभा १ मा कांग्रेस बीपीका गणेशप्रसाद जोशी र प्रदेशसभा २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जयराज अवस्थीले उमेदवारी फिर्ता लिएका छन् । 

Global Ime bank

प्रतिनिधिसभातर्फ ३ जनाले उमेदवारी फिर्ता लिएसँगै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहित ८ जना उमेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । 

देउवासँगै प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेस बीपीबाट कर्णबहादुर मल्ल, एमालेबाट बागी बिक्रम शाही, राप्रपाबाट गोविन्द खडायत, जनता समाजवादी पार्टीबाट श्याम सिनाल, स्वतन्त्रबाट कर्णसिंह रावल, सागर ढकाल र लालबहादुर कठायत उम्मेदवार छन् । 

यस्तै २ वटा प्रदेशसभा रहेको डडेल्धुरामा अब १२ जना उम्मेदवार भएका छन् । 

सत्ता गठबन्धन दलबाट डडेल्धुरामा प्रदेश १ मा नेकपा माओवादी केन्द्रका खगराज भट्ट र २ मा नेपाली काँग्रेसका गोविन्दराज बोहराको उम्मेदवारी छ ।  

नेकपा एमालेबाट प्रदेश १ मा पठानसिंह बोहरा र २ मा गजेन्द्र शाही तथा प्रदेश २ मै स्वतन्त्र डा. तारा जोशीको उमेदवारी छ । 

प्रदेश २ बाट राप्रपाबाट पदाराज जोशी, स्वतन्त्र महेश धामी र धनबहादुर बोहरा, राप्रपाबाट खेमराज पनेरु, जसपाबाट नरभान पार्की, स्वतन्त्रबाट तेजबहादुर कठायत र नवराज धिक्तको उमेदवारी छ। 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १४:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement