site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'बागी'लाई दलहरूको चेतावनी : उमेदवारी फिर्ता नगरे पार्टीबाटै निष्काशन

काठमाडौं । सत्ता गठबन्धनमा रहेका चार दलले गठबन्धनविरुद्ध स्वतन्त्र उमेदवारी दिएकाहरुलाई उमेदवारी फिर्ता लिन निर्देशन दिएका छन् । मंगलबार गठबन्धनका शीर्ष नेताहरुले विज्ञप्ति जारी गरी निर्देशन पालना नगरे पार्टीबाटै निकाल्ने चेतावनी दिएका हुन् । 

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको संयुक्त हस्ताक्षरसहित जारी निर्देशनमा २६ असोज (आज) अपराह्न १ बजेभित्र उमेदवारी फिर्ता लिन चेतावनी दिइएको छ ।

“निर्वाचन आयोगद्वारा निर्धारित समयसीमा असोज २६ गते दिउँसो १ बजेभित्र त्यस्ता सदस्यहरुले उमेदवारी फिर्ता नदिएमा सम्बन्धित पार्टीले निष्काशन गर्ने व्यहोरा अवगत गराइन्छ,” चार नेताद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि ‘बागी’ उमेदवारलाई उमेदवारी फिर्ता लिन निर्देशन दिएको छ । मंगलबार एक विज्ञप्तिमार्फत राप्रपाले पार्टीका आधिकारिक उमेदवारविरुद्ध उमेदवारी दिने नेताहरूलाई बुधबार (आज) दिउँसो १ बजेभित्र उमेदवारी फिर्ता लिन निर्देशन दिएको हो ।

उमेदवारी फिर्ता नलिए पार्टीको सदस्यता खारेज गरेर पार्टीबाट निष्काशन गरिने चेतावनी दिइएको छ । “उमेदवारी फिर्ताका लागि सम्बन्धित सदस्यसँग छलफल र आवश्यक प्रयास गर्न बागी उमेदवारी परेका जिल्ला र जिम्मेवार निकायलाई अनुरोध गरिएको छ,“ विज्ञप्तिमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  ०५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro