site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
फरार सूचीमा रहेका लक्ष्मण थारुको उमेदवारी रद्द 
Sarbottam CementSarbottam Cement

धनगढी  । फरार सूचीमा रहेको भन्दै कैलाली क्षेत्र नम्बर ५का प्रतिनिधिसभा उमेदवार लक्ष्मण थारुको उमेदवारी रद्ध भएको छ ।

नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाको उमेदवार रहेका लक्ष्मण थारुको उमेदवारी रद्द गरिएको छ । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले थारुको उमेदवारी रद्द भएको जानकारी दिएको छ । थारु २०७२मा टीकापुर घटनामा रेशम चौधरी सहितको हत्याकण्डमा उभियुक्त रहेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

९ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारुलाई उच्च अदालत दिपायलले २ पुस २०७७ मा जन्म कैदको फैसला सुनाएको थियो । 

त्यसअघि जिल्ला अदालत कैलालीले थारुलाई तीनवर्ष कैद सजाय तोकेको थियो । उनी पुर्पक्षमै तीनवर्ष भन्दा बढी बसेर छुटेका थिए । जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गरेका थारुलाई उच्च अदालतले भने जन्म कैदको फैसला सुनाएको थियो । उक्त फैसलापछि उनी फरारको सूचीमा छन् ।

Global Ime bank

२३ असोजमा वारेसमार्फत उनले नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाली–५ मा प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएका थिए । लक्ष्मणको उमेदवारीविरुद्ध सोमबार उजुरी परेको थियो । 

उनी कर्तव्य ज्यान मुद्दामा दोषी ठह¥याई सजाय गरी फरार रहेको भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का रामबहादुर सिंहले उनीविरुद्ध उजुरी दिएका थिए । सोही उजुरीको आधारमा उनको मनोनयन दर्ता खारेज भएको हो ।

थारुलाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालत कैलालीबाट सजाय भएको र उच्च अदालतले कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय तोकेकाले उनको उमेदवारी बदर हुने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत ओमप्रकाश अर्यालले बताए ।
 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !