site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पत्नीमार्फत बुझाए देउवाले उजुरीको जवाफ 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

डडेल्धुरा । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ बुझाएका छन् । आसन्न निर्वाचनका उमेदवार देउवाले मंगलबार पत्नी आरजु राणा देउवामार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जवाफ बुझाएका हुन् ।

डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले प्रमाणसहित उजुरीको जवाफ आएको जानकारी दिए । “नागरिकता र मतदाता नामावलीमा जन्ममिति फरक–फरक रहेको भन्दै उजुरी परेको थियो,” उनले भने, “२ बजेसम्म जवाफ दिने समय तोकिएकोमा दुई घण्टाअगाडि नै जवाफ आइसकेको छ । छानबिन गर्दै आज साँझ ५ बजेसम्म निर्णय लिन्छौँ ।”

उमेदवारविरुद्ध परेका उजुरीको निर्णय निर्वाचन अधिकृतले नै गर्न पाउने कानुनी व्यवस्था छ ।

Prabhu Bank
Agni Group
NIC Asia

देउवापत्नी आरजुले प्रमाणका रूपमा वडा कार्यालयको सिफारिस पनि बुझाएकी छन् ।

यस्तै, नागरिकताअनुसार नै निर्वाचन आयोगले मतदाता नामावली तयार पारेकाले विवरण प्रविष्ट गर्दा आयोगले नै त्रुटि गरेको जवाफमा उल्लेख गरिएको कांग्रेसका एक नेताले बताए ।

Global Ime bank

एउटामात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट उमेदवारी दिएका देउवाको उमेदवारी रद्द गर्नुपर्ने माग गर्दै उनका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । देउवाको नागरिकता र मतदाता नामावलीमा फरक–फरक जन्ममिति रहेको भन्दै मल्लले उमेदवारी खारेजीको मागसहित उजुरी दिएका हुन् ।

नागरिकतामा देउवाको जन्ममिति वि.सं. २००३ साल जेठ ३१ गते र मतदाता नामावलीमा जन्ममिति २००२ साल जेठ ३१ गते रहेको पाइएको छ ।

देउवाको उमेदवारीविरुद्ध उजुरी दिने मल्ल कांग्रेस डडेलधुराका पूर्वसभापति हुन् । उनी ०७४ सालको निर्वाचनमा कांग्रेसबाटै प्रदेशसभा सदस्यमा विजयी भएका थिए ।

गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)सँग तालमेल गर्दै कांग्रेस बीपीको चुनाव चिह्नबाट आफूनिकटका व्यक्तिलाई उमेदवार बनाएको भन्दै कांग्रेसले मल्ललाई पार्टीबाट निष्कासित गरेको थियो । अहिले कांग्रेस बीपीका वरिष्ठ उपसभापति रहेका मल्लले देउवाविरुद्ध चुनाव लड्न उमेदवारी दर्ता गराएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement