site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भीम रावलको टिकट खोसिएपछि अछाम एमालेमा विद्रोह, ४० बढीले दिए राजीनामा 
Tiktok banner adTiktok banner ad

धनगढी । नेकपा एमालेका नेता डा. भीम रावलको टिकट खोसिएपछि अछाममा एमाले कार्यकर्ताबीच राजीनामा दिनेको लहर चलेको छ  । 

डा. रावलको गृहजिल्ला अछामा एमालेका ४० नेता कार्यकर्ताले संयुक्तरुपमा जिल्ला कमिटीलाई राजीनामा बुझाएका छन् । 

अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका नेता रावलको टिकट खोसिएपछि एमाले अछाममा खैलाबैला मच्चिएको छ । 

अछाममा बाँकी एमाले नेताहरुले विद्रोहको तयारीसमेत गरेको एक नेताले बताए ।

एमाले क्षेत्र नम्बर १ समन्वय समिति, प्रदेश समन्वय समिति, पालिका कमिटी तथा जिल्ला कमिटी सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् । 

उता नेकपा एमालेले अछाम–१ बाट एकल सिफारिसमा परेका नेता भीम रावललाई टिकट नदिएपछि क्षेत्रीय निर्वाचन कमिटी संयोजक प्रकाश शाहले यसअघि नै पदबाट राजीनामा दिएका छन् । 

अछामको निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय निर्वाचन कमिटी संयोजकसमेत रहेका शाहले उम्मेदवारी चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएको बताएका छन् । 

एमाले अछाम जिल्ला इन्चार्ज झपट बोहराको प्रमुख आतिथ्यमा अछाम क्षेत्र नम्बर १, क्षेत्रीय समन्वय कमिटीको भदौ १९ गते बसेको बैठकले सो क्षेत्रका लागि सर्वसम्मत रुपमा भीम रावलको नाम एकल सिफारिस गरेको उल्लेख गर्दै शाहले केन्द्रबाट उक्त सिफारिस विपरीत उम्मेदवार चयन गरेको भन्दै संयोजक नरहने गरी राजीनामा दिएको जनाए । 
तर रावलले भने यसबारे अहिले सम्म कुनै प्रतिकृया दिएका छैनन् । 

“एकल सिफारिसमा परेका उमेदवार भीम रावलको टिकट खोसेर अरुलाई दिनु अन्याय हो,” क्षत्रीय संयोजक शाहले भने, “पार्टी नेतृत्वले गलत कदम उठायो । क्षेत्र नम्बर १ का र जिल्ला कमिटी बसेका जिम्मेवार साथीहरुबाट सामूहिक राजीनामा दिएका हौँ ।”

जिल्ला कमिटीबाट अछाम १ का लागि सर्वसम्मत सिफारिस भएका रावलको टिकट खोसेर एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट एमालेमा आएका झपट बोहरालाई दिएको अछामका एमाले नेता कार्यकर्ताहरुको आरोप छ । 

सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिलामन्त्री समेत रहेका अछाम १ मा टिकट पाएका बोहरा माओवादीबाट एमालेमा समाहित भएका नेता हुन् ।  एमाले नेता रावलले अछामबाट विसं २०४८ सालदेखि नै चुनाव लड्दै आएका छन् । 

०४८ सालमा चुनाव हारेका रावल ०५१ सालको मध्यावधि चुनावमा अछाम १ बाट विजयी भएका थिए । रावलले ०५६ सालको चुनावमा एमाले–माले फुटेको कारण फेरि चुनाव हारेका थिए । 

त्यसपछि ०६४ को चुनावमा उनी समानुपातिकतर्फ संविधानसभा सदस्य भएका थिए । ०७४ को चुनावमा रावल क्षेत्र नम्बर १ बाटै सांसद जितेका थिए ।  

acham 11665223035.jpg

acham 21665223035.jpg

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro