site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बाढी र डुबानले चार हजार परिवार विस्थापित
Sarbottam CementSarbottam Cement

खजुरा । अविरल वर्षाका कारण राप्ती नदी र खोला नालामा आएको बाढी र डुबानले बाँके जिल्लामा चार हजार परिवार विस्थापित भएका छन् । बाढी र डुबानबाट जिल्लाका विभिन्न स्थानमा करिब ५० कच्ची घर पूर्ण रुपमा भत्किएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । उनका अनुसार अहिलेसम्म जिल्लामा कुनै पनि मानवीय क्षति नभएको र अधिकांश स्थान बाढीले क्षति पुर्याएको छ । 

जिल्लाको डुडुवा गाउँपालिका–१ चौफेरी, कृषि चौफेरी र पाझा गाउँमा तीन सय, राप्तीसोनारी गाउँपालिका–२ स्थित टिकुलीपुर गाउँका करिब तीन हजार र नेपालगञ्ज उपमहानगरपालिका–२० मा तीन सय, खजुरा गाउँपालिकामा एक सय, नरैनापुर गाउँपालिकामा चार सयजना परिवार विस्थापित भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।  
    
उनका अनुसार बाढी र डुबानबाट जिल्लाका विभिन्न स्थानबाट विस्थापित भएकाहरु सबै सुरक्षित रुपमा आश्रयस्थलमा बसिरहेका छन् । राप्ती नदी पुल पारी बगर क्षेत्रमा फसेका तीनजनालाई प्रहरीको उद्धार टोलीले आज बिहान उद्धार गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

हिजो शुक्रबारदेखि विस्थापित भएकाहरुले खानासमेत नपाएको अवस्थामा स्थानीय तह वडा कार्यालयले ड्राइफुट तयारी खाजाको व्यवस्थाका लागि तयारी सुरु गरिएको प्रजिअ खत्रीले बताए । 

बाढीले नदी तटीय क्षेत्रमा व्यापक कटान गरेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीहरूले बाढीको चपेटामा परेकाहरुलाई सुरक्षित उद्धार गरी सुरक्षित स्थानमा राखेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । रातिदेखि वर्षा रोकिएकाले राप्ती नदीको पानी बिस्तारै घट्न थालेको छ । 

Global Ime bank

जिल्लाका धेरैजसो बस्ती जलमग्न भएका छन् । डुबान क्षेत्रमा घरभित्र पानी जमेकाले बस्न र खाना पकाउन नसक्ने अवस्था रहेको गाउँपालिका जनप्रतिनिधिहरु बताउँछन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement