site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
काठमाडौं–६ मा एमाले उमेदवार पूर्वआईजीपी सर्वेन्द्र खनाल 
फाइल तस्बिर।

काठमाडौं । नेपाल प्रहरीका पूर्वआईजीपी सर्वोन्द्र खनाललाई नेकपा (एमाले)ले काठमाडौं–६ मा टिकट दिएको छ । खनाल यही असोज ६ गते एमाले प्रवेश गरेका थिए । 

खनालमाथि ओलीकै आदेशमा जनता समाजवादी पार्टी (जसपा) का सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरी काठमाडौं ल्याएको आरोप लागेको थियो । 

२०७७ सालमा कोरोना महामारी रोक्नका लागि सरकारले लकडाउन गरेका बेला ओलीको आदेशमा खनालले एमाले नेता महेश बस्नेत र किसान श्रेष्ठसहित धनुषा पुगेर यादवलाई काठमाडौं ल्याएका थिए ।

त्यही घटनादेखि एमालेसँग जोडिएका खनाललाई एमालेले पार्टी प्रवेश गराएर काठमाडौं–६ मा टिकट दिएको हो । उनले अब कांग्रेसका भिमसेनदास प्रधानसँग प्रतिस्पर्धा गर्नेछन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९  १९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu