site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसको कारबाहीमा परेका पुष्करनाथ ओझाको स्वतन्त्र उमेदवारी घोषणा 
Sarbottam CementSarbottam Cement

धनगढी । नेपाली कांग्रेसको कारबाहीमा परेका नेता पुष्करनाथ ओझाले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उमेदवारी घोषणा गरेका छन् । धनगढीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै ओझाले ‍उम्मेदवारी घोषणा गरेका हुन् । 

ओझाले आफूलाई कांग्रेसले कारबाही गर्दा कुनै दुःख नलागेका बताए । आफू सर्वदलीय उमेदवार हुन खोजेको उनको भनाइ छ । 

"म सर्वदलीय हुन चाहन्छु । मैले उठाएको प्रश्न सर्वदलीय होस् । यो एक पार्टीको मात्र समस्या होइन । सबै दलहरूको हो," उनले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेसबाट जितेर राज्यमन्त्रीसमेत भइसकेका ओझाले आफूले धनगढीबाट विद्रोह सुरु गरेको बताए । 

"कमजोर हुँदा सबैको सहयोग चाहिने, राजनीतिक शक्तिमा पुगेपछि परिवार मात्र चाहिने ? धनगढीका जनता मुठिभर भन्दै थिए । म एक पार्टीको मात्र विद्रोही हैन, कम्युनिस्टमा पनि छन् । तर विरोध गर्न सक्दैनन् । सबैको नेतृत्व म गर्छु, कोही तयार छैन, म नलडे कोही लड्दैन । कुनै पनि खालको सम्झौता हुँदैन," उनले भने । 

Global Ime bank

उनले कांग्रेसले आफूलाई भिलेन बनाएको बताए । "चारपटक चुनाव लड्ने इच्छा गरे, केहीपटक लड्दैन भने दबाब दिँदा पनि लड्दैन भने । अहिलेका जस्तो रहर कहिलै भएन । अहिले मसँग केही छैन । जुन दलमा सम्पूर्ण जीवन लगाएँ, उसको नजरमा म भिलेन छु । त्यसैले त मलाई कारबाही गरेको होला ?," उनले भने ।

उनले निर्वाचनका लागि ५० लाख ऋण लिएको समेत बताएका छन् ।

०७४ सालको प्रतिनिधिसभा चुनावमा आकांक्षी रहेका ओझा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणालाई टिकट दिएपछि उनी रुष्ट थिए । आरजु एमालेका नारदमुनी रानासँग पराजित भएपछि चुनावमा असहयोग गरेको भन्दै कांग्रेसले क्रियाशील सदस्यसमेत नरहनेगरी ओझालाई कारबाही गरेको थियो ।

प्रतिनिधिसभा सदस्यको उमेदवारका लागि कैलाली–५ बाट एकल सिफारिसमा परेकी आरजुले ओझाको साथ नपाउने देखेपछि समानुपातिक रोजेकी छन् । यो बिचमा संस्थापन पक्षबाट ओझालाई फकाउने प्रयाससमेत भएको थियो । तर, उनी मान्न तयार भएनन् । 

कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट प्रदेशसभा सदस्य डिल्लीराज पन्तलाई उठाउने तयारी गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९  १६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !