site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
झापाबाट ओलीको आग्रह– स्वस्थ चुनावी प्रतिस्पर्धा गरौँ, नभए लोकतान्त्रिक राजनीति हुँदैन
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

दसैँ, नेपाल संवत्, तिहार, छठलगायत चाडपर्वका अवसरमा आज गृहजिल्ला झापाको बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले अस्वस्थ प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यास नहुने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“हामीले लडेर ल्याएको व्यवस्था नै बहुदलीय प्रतिस्पर्धा हो,” उनले भने, “प्रतिस्पर्धा स्वस्थ भएन भने त्यो लोकतान्त्रिक राजनीति हुँदैन ।”

उनले दलहरूबीच राष्ट्रिय एकता र बहुदलीय प्रतिस्पर्धाको गरिमा कायम राख्ने विषयमा एकता हुनुपर्ने धारणा व्यक्त गरे ।

Global Ime bank

एमाले अध्यक्ष ओलीले शुभकामना मन्तव्यका क्रममा दसैँको सांस्कृतिक, सामाजिक र पौराणिक महत्वका विषयमा चर्चा गर्दै मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, नारी शक्तिको उपासना गर्ने र असत्यलाई पराजित गर्ने सन्देश दिने चाड अरू मुलुकमा नभएको बताए ।

उनले २०५१ सालदेखि गृहजिल्लामा दसैँको महानवमीका अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आएका छन् ।

सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईं, नेकपा माओवादीका युवा नेता रञ्जीत तामाङ, जनता समाजवादी पार्टी झापा अध्यक्ष दीपेनबाला राईलगायत विभिन्न राजनीतिक पार्टीका नेता, नेकपा एमालेका नेता, उद्योगी, व्यवसायी र पेसाकर्मीहरूको उपस्थिति रहेको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  १९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय