site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
डोटीमा कांग्रेसले गठबन्धनका उमेदवारलाई 'असहयोग' गर्ने, संकटमा प्रेम आले !
Sarbottam CementSarbottam Cement

धनगढी । डोटीमा नेपाली कांग्रेसले गठबन्धनका उमेदवारलाई भोट नहाल्ने निर्णय गरेको छ । मंगलबार सदरमुकाम दिपायल सिलगढीमा बसेको डोटीका ९ वटै स्थानीय तहका सभापतिहरूको बैठकले गठबन्धनका उमेदवारलाई भोट नहाल्ने निर्णय गरेको हो । 

गएको स्थानीय तहको निर्वाचनको परिणामले पनि डोटीमा गठबन्धन गर्न आवश्यक नरहेको देखाएको उनीहरूको तर्क छ ।

"डोटीमा गठबन्धन गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय मान्दैनौँ । गएको स्थानीय निर्वाचनमा पनि केन्द्रीय कमिटीको निर्णयविरुद्ध जाँदा डोटीका ९ मध्ये साढे ७ स्थानीय तहमा कांग्रेसले सफलता पाएको सर्वविदितै छ," बैठकले गरेको निर्णयमा उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पार्टीको केन्द्रीय समितिले गर्ने प्रचारमा पनि आफूहरूको संलग्नता नरहने तथा गठबन्धनका उमेदवारलाई मतदान नगर्ने उनीहरूको चेतावनी छ । जिल्लाका ९ वटै पालिकाका सभापतिहरू गठबन्धन नगर्ने पक्षमा रहेको निर्णयमा भनिएको छ । 

जिल्लामा नेपाली कांग्रेसको परिवेश र स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मत परिणाम अनुसार गठबन्धन आवश्यक नरहेको बैठकको निष्कर्ष रहेको छ । 

Global Ime bank

सभापति गणेशबहादुर मलासीले विगतमा कांग्रेसविरुद्ध षड्यन्त्र गर्ने व्यक्ति कुनै पनि हालतमा स्वीकार्न नसकिने बताए । गठबन्धनका नाममा कांग्रेसलाई क्षति हुनबाट बचाउन र डोटेली मतदाताको आवश्यकता र चाहनाको कदर गर्दै अगाडि बढ्ने अठोटका साथ सबै पालिका सभापति तथा पदाधिकारीको सल्लाहमा केन्द्रीय समितिलाई दबाब दिने निर्णय भएको उनले बताए ।

यसअघि नै जिल्ला कार्यसमितिले पनि गठबन्धन स्वीकार नगर्ने निर्णय गरिसकेको छ । कांग्रेसको भ्रातृ संगठन तरुण दलले पनि प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धन स्वीकार गर्न नसकिने जनाएको थियो । जिल्लाका सबै भ्रातृ र शुभेच्छुक संगठनहरूले समेत गठबन्धन स्वीकार्य नहुने चेतावनी दिँदै आएका छन् ।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेकपा (एकीकृत समाजवादी)का प्रेम आलेले दाबी गरिरहेका छन् । कांग्रेसले पनि डोटी एकीकृत समाजवादीलाई छाड्नुपर्ने निष्कर्ष निकालिसकेको छ । डोटीमा दाबी गर्दै आएका कांग्रेस नेता वीरबहादुर बलायर कैलाली ४ बाट लड्न तयार भइसकेका छन् ।

तर, पनि कांग्रेस बलियो रहेको डोटीका नेताहरू गठबन्धनको विरोधमा उत्रिएपछि आलेलाई संकट पर्ने देखिन्छ । ०७४ एमालेबाट वाम गठबन्धनको सहयोगमा चुनाव जितेका आले अहिले बलियो पकड नभएको एकीकृत समाजवादीमा छन् । डोटीमा कांग्रेसले असहयोग गरे उनी समस्यामा पर्नेछन् ।

असोज ३ गते आलेले दिएको अभिव्यक्तिले पनि कांग्रेसले असहयोग गरे उनी संकटमा पर्ने पुष्टि गर्छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले डोटीमा गठबन्धन नभए ७७ जिल्लामै गठबन्धन हुन नहुने बताएका थिए ।

"मेरो जिल्ला (डोटी)मा पनि नेपाली कांग्रेसले अहिले ठाउँ–ठाउँमा भेला गर्ने, हामीलाई गठबन्धन चाहिँदैन भन्ने खालको कुराहरू गरिराखेको छ । गठबन्धन चाहिएन भने डोटीमा मात्रै होइन, ७७ जिल्लामै गठबन्धन हुनुभएन । यदि गठबन्धन हो भने ७७ वटै जिल्लामा गठबन्धन हुनुपर्छ भन्ने मेरो मान्यता हो," उनले भनेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  २०:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !